एउटै घरका दुइ दाजुभाई पोखरीमा मृत फेला
नवलपरासी /वैशाख १९ गते
पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्बर ६ सगरमाथा टोलमा रहेको पोखरीमा दुइ दाजुभाई मृत फेला परेको छ । आज बिहान १० बजे घरबाट खानाखाएर हिडेका दाजुभाई साझँ करिब ५ बजे पोखरीमा मृत फेला परेका हुन् ।
मृत्यु हुनेमा सुनवल ६ पुलटोल निवासी विष्णु कवंरका १० बर्षिय छोरा विप्सन कवंर र ८ वर्षिय छोरा दिप्सन कवंर रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले बताउनुभयो ।
साझँ ५ बजे पोखरीमा एक मृत बालक तैरिरहेको स्थानियले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
पोखरीको छेउमा दुईवटा बालकको कपडा देखेपछि अर्को बालक पनि त्यहिँ पोखरीमा डुबेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो । तत्पश्चात प्रहरी र स्थानीयले पोखरीभित्रै पसेर खोजीगर्दा पोखरी भित्र गडेको अवस्थामा अर्को मृत बालक फेला परेको थियो । उनीहरु दुवै जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन् ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड