बिहीबार, ०१ फागुन २०८१
समाचार

लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव सम्पन

April 27, 2025
April 27, 2025

लुम्बिनीमा

चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो एसियाली बौद्ध साँस्कृतिक महोत्सव लुम्बिनीमा आयोजना गरिएको थियो

महोत्सव कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो । फेस्टिबल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको थियो भने फेस्टिबलको समन्वय सारीपुत्र फाउण्डेसनले गरेको थियो।

महोत्सवमा अफ्रिका, युरोप, पूर्व एसिया, अमेरिकासहित विभिन्न देशका प्रतिनिधि बुद्ध जन्मस्थलमा चीनबीचको कला सांस्कृति प्रवद्र्धनको उद्देश्यसहित फेस्टिबल । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज नेवार नेपाली चाइनिज लगाएत का साँस्कृतिक कला प्रशुस्ती रहेको थियो ।संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य थियो।
फेस्टिबलमा

.महोत्सवमा भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिका एवं बौद्धमार्गीको आमा .समुह संघ संस्था स्थानीय जनप्रतिनिधिहरु गरि ४० देशका प्रतिनिधिहरु सहभागी रहेका थियो । शनिबार बिहान ८ बजेदेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा फेस्टिबल शुरु भएको थियो। फेस्टिबलमा ५ हजार बढीको अन्तराष्ट्रिय सभा हलमा .सहभागिता रहेको थियो

प्रधानमन्त्री ओलीले विश्वभर शान्तिका आकांक्षा पूरा गर्नका लागि बुद्धको शिक्षा सबैभन्दा बढी आवश्यक बनेको बताए। उनले विश्वभर बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसात् गर्ने बेला आएको बताए। बुद्धले आफ्नो निजी सुखसयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउँदै बुद्धको जीवनबाट मानवजातीले धेरै कुरा सिक्नुपर्ने बताए।

फेस्टिबल अन्तर्गत अन्र्तराष्ट्रिय ध्यान केन्द्रमा सांस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी हुनेछ । मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको सारिपुत्र फाउन्डेनले जनाएको छ ।यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिवल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका थियो।। लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुऱ्याउने योजनासहित यो पटक लुम्बिनीमा फेष्टिबल आयोजना गरिएको थियो।

लेखकको बारेमा