बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस आपसमा ठोक्किँदा २० जना घाइते
नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस र स्कुल बस आपसमा ठोक्किँदा १४ जना विद्यार्थी सहित २० जना घाइते भएका छन्।
बर्दघाट नगरपालिका वडा नं. २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पताल अगाडि सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइतेहरूलाई अस्पताल लगिएको छ।
नवलपरासी सुस्ता गाउँपालिका निवासी प्राविधिक बिरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्बरको मोटरसाइकल अचानक सडक पार गर्दा ग २ ख १५७४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो। ठक्करपछि बस अनियन्त्रित भई सडक किनारमा रोकेर विद्यार्थी चढाइरहेको बर्दघाट नगरपालिका वडा नं. १२ भुताहस्थित ग्लोबल एकेडेमीको लु १ ख ८७० नम्बरको स्कुल बसलाई ठक्कर दिएको थियो।
दुर्घटनामा १४ विद्यार्थी र ६ अन्य यात्रु घाइते भएका छन्। स्थानीयबासी र प्रहरीको सहयोगमा घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड