बिहीबार, ०१ फागुन २०८१
रामग्राम नगरपालिका

एनएमवि बैंक परासी शाखाद्वारा १३ विद्यालय र २ अस्पताललाई वाटर डिस्पेन्सर हस्तान्तरण

March 17, 2025
March 17, 2025

रंजीत शर्मा / नवलपरासी, ४ चैत ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको एनएमवि बैंक लिमिटेड शाखा कार्यालयले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १३ विद्यालय र २ अस्पताललाई जम्मा १५ थान वाटर डिस्पेन्सर वितरण गरेको छ।

बैंकका शाखा प्रबन्धक रामनरेश गुप्ताका अनुसार पानीको शुद्धता सुनिश्चित गर्दै विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा सेवाग्राहीलाई स्वच्छ पिउने पानीको पहुँच पुर्‍याउने उद्देश्यले वाटर डिस्पेन्सर वितरण गरिएको बताए।

परासी स्थित आदर्श माविमा आयोजित वितरण कार्यक्रमका प्रमुख अतिथि रामग्राम नगरपालिकाका निमित्त नगर प्रमुख सम्झना चौधरीले बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक हितका काममा अग्रसरता देखाउनु सकारात्मक रहेको बताउँदै आगामी दिनमा पनि यसरी नै फरक फरक सामाजिक कार्य गर्न अनुरोध गरिन।

वाटर डिस्पेन्सर परासी स्थित पवन माध्यामिक विद्यालय,
आदर्श मावि, जनता मावि, दैनहवा , राष्ट्रिय मावि पण्डितपुर ,जनता मावि देवगाउँ, राष्ट्रिय मावि कर्मैनी,
जनता मावि लक्ष्मिपुर, राधाकृष्ण मावि विष्णुपुरा, जनता मावि भुजहवा, विनोद निता कंडेल आधारभूत विद्यालय दुबौलिया ,महेन्द्र जनता मावि गडौरी जनता आधारभूत विद्यालय धनगदवा, हरपुर माध्यमिक विद्यालय हरपुर र
पृथ्वीचन्द्र अस्पताल, परासी विनोद निता कंडेल आँखा अस्पताललाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा रामग्राम सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ तथा आदर्श नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, शिक्षक संघका जिल्ला अध्यक्ष अरविन्द पाठक, राष्ट्रिय शिक्षक परिषद् जिल्ला अध्यक्ष हेमन्त यादव, आँखा अस्पतालका कोषाध्यक्ष अमरचन्द्र अग्रवाल लगायतले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

लेखकको बारेमा