बिहीबार, ०१ फागुन २०८१
समाचार

नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन 

February 8, 2025
February 8, 2025

कपिलवस्तु, माघ २६

कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन समारोह सम्पन्न गरिएको छ। माघ २० गतेदेखि जारी खेलकुद प्रतियोताको शुक्रबार समापन गरिएको हो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो l

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक तथा निजी तथा प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले खेलकुदको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनका साथै खेलकुदमा पनि सक्रिय हुन प्रेरित गरे। कार्यक्रममा इन्स्टिच्यूटका प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले प्राविधिक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै देशको विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने र प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्छ, जसले गर्दा उद्योग, व्यवसाय र अन्य क्षेत्रमा उत्पादनशीलता बढ्ने बताए l

इन्स्टिच्यूटका लेखा प्रमुख नन्दराम पौडेलले विद्यार्थीहरूलाई शुभकामना दिँदै खेलकुदले उनीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।  खेल सप्ताहमा क्रिकेट, भलिबल, म्युजिकल चेयर डान्स, सटपुट, चेस, लुडो, क्यारमबोर्ड, स्लो साइकल रेस लगायतका खेलहरू समावेश थिए। विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरुले नृत्य लगायतका विभिन्न प्रतिभाहरु समेत प्रस्तुत गरेका थिएl

खेल संयोजक विक्रम घिमिरेले खेल सप्ताहको सफल आयोजनाको लागि सबैलाई धन्यवाद दिए। उनले विद्यार्थीहरूको सक्रियता र सहयोग बिना यो कार्यक्रम सफल हुन नसक्ने बताए। खेल प्रतियोगितामा एच.ए., फार्मेसी, ल्याब टेक्निसियन संकायका प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका सभापति प्रतिभा थारूले विद्यार्थीहरूको उत्साह लगावको प्रशंसा गरिन्। कार्यक्रममा स्वागत मन्तव्य मनिषा सुनारले राखिन् भने कार्यक्रमको सञ्चालन नवराज थारूले गरेका थिए। वि.सं. २०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटले एच.एच.,फार्मेसी, ल्याव टेक्निसिनय, फिजियोथेरापी, अमिन कोषहरु संचालन गर्दै आएको छ ।

लेखकको बारेमा