विद्यालय प्रधानाध्यापक सहित तीन जना विशेष अदालत काठमाडौंमा आराेप पत्र दायर
नवलपरासी
पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका-५ स्थित राजनरायण माध्यमिक विद्यालय गेर्मीका प्रधानाध्यापक सहित तीन जना भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले विशेष अदालत काठमाडाैंमा आरोप पत्र दायर गरेको छ ।
विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता सहित ३ जना घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनु भएको छ।
अनुसन्धानको सिलसिलामा उक्त विद्यालयका प्रधानाध्यापक कण्डेल,विद्यालय सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहार समेतको मिलेमतोमा भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानीका लागि सेवाग्राही सँग पैसठ्ठी हजार रुपैयाँ घुस-रिसवत लिएको पुष्टि भएको बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आइतबार विशेष अदालत,काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।
उनका अनुसार राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राही सँग घुस/रिसवत माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।
आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट पैसठ्ठी हजार रुपैयाँ घुस/रिसवत लिइरहेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको घिमिरेले बताए।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड