नवलपरासी नेपाल बार एशोसिएसनकाे अध्यक्षमा पौडेल निर्वाचित
माघ ११ गते
नवलपरासी । नेपाल बार एशोसिएसन नवलपरासी शाखाको अध्यक्षमा अधिवक्ता रामकृष्ण पौडेल निर्वाचित हुनु भएको छ। आज सम्पन्न निर्वाचनमा पौडेलले ३७ मत प्राप्त गरी विजय हासिल गर्नुभयो। अध्यक्ष पदका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धी अधिवक्ता सरस्वती शर्माले ६ मत प्राप्त गर्नु भयो भने अधिवक्ता लक्ष्मण प्रसाद यादवले १ मतमा सीमित रहनुभयो।
उपाध्यक्ष पदमा अधिवक्ता कृष्णबहादुर क्षेत्री २८ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी अधिवक्ता दिलीप कुमार श्रेष्ठले १७ मत प्राप्त गर्नु भयो। बारको सचिव पदमा अधिवक्ता भवराज पाण्डे विजयी हुनुभयो। पाण्डेले ३० मत ल्याउँदा प्रतिस्पर्धी अधिवक्ता मनोजकुमार हरिजनले १५ मत प्राप्त गर्नु भयो।कोषाध्यक्ष पदमा अधिवक्ता पंचदेव गुप्ता र सहसचिव पदमा अधिवक्ता पार्वती अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ।
सदस्य पदमा १२ जनाको उम्मेदवारी परेकोमा ८ जना निर्वाचित हुनुभएको छ। निर्वाचित सदस्यहरूमा सन्देश अर्याल, राजु न्यौपाने, रामजी प्रसाद उपाध्याय, झविन्द्र ज्ञवाली, शिवकुमार पाण्डेय, मुरारी भण्डारी, अरुणोदय प्रसाद उपाध्याय र रनबहादुर क्षेत्री रहनुभएको छ।त्यसैगरी, पार्षद् पदमा वरिष्ठ अधिवक्ता आनन्द प्रसाद भुसाल र अधिवक्ता राजेन्द्र खनाल निर्विरोध चयन हुनुभएको छ।
नयाँ कार्यसमितिले बारको गतिविधि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड