मर्चवारी गाउँपालिका वडा नम्बर चार काे आयाेजनामा वाल विवाह र लैङ्गिक हिंसा विरुद्ध सचेतनामुलक तालिम कार्यक्रम सम्पन्न
कविता परियार,भैरहवा,२८मंसिर/
मर्चवारी गाउँपालिका वडा नम्बर चार काे आयाेजना र पिपुल्स केयर कन्सल्टेन्सीकाे सहजीकरणमा मिति २०८१/०८/२६ र २७ गते दुई दिने वाल विवाह र लैङ्गिक हिंसा विरुद्ध सचेतनामुलक अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मर्चवारी गाउँपालीका वडा नम्बर चार का अध्यक्ष ओम प्रकाश चौधरीको अध्यक्षता साेहि गाउँपालीकाका उपाध्यक्ष आशा सिहकाे प्रमुख आतिथ्यथा रहेको थियो।वाल विवाह लैङ्गिक हिंसा विरुद्ध सचेतनामुलक अभिमुखीकरण तालिम कार्यक्रममा बाेल्दै कार्यक्रमका अध्यक्ष चाैधरीले भन्नू भयाे विभिन्न तरिकाबाट हुने लैङ्गिक हिंसा राेक्नका लागि आफ्नो घरपरिवारदेखि नै पहल गर्नुे बढ्दै गइरहेको बाल विवाहकाे समस्यालाई पनि समाजका सबै मिलेर न्युनिकरण गर्नुपर्ने कुरामा जाेड दिनु भएकाेे छ।
लैङ्गिक हिंसामा छाेेरा छाेेरि बिच गिरने भेदभाव र बाल विवाहबाट महिलाहरुमा कम उमेरमा बच्चा जन्माउदा पाठेघर खस्ने ,बच्चा ख्याउटे हुने पिसाब चुहिने रगत बढी जाने जस्ता स्वास्थ्य समस्याका बारेमा प्रष्ट पार्नु भएको छ।कार्यक्रममा उपस्थित महिलाहरुले वाल विवाह र लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण तालिम कार्यक्रममा सहभागी भए पछि आफूहरुमा हिम्मत र जाेस बढेको यी र यस्ता विकृति हटाउनका लागि एक जुट भएर अघि बढ्ने प्रतिबद्धता गरेका छन।
कार्यक्रममा जम्मा पच्पन्न जना महिलाहरुकाे सहभागीता रहेको थियो।सामाजिक अभियान्ता सरस्वती आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने पत्रकार उर्मिला यादव माधव सापकोटाकाे सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड