मुसिकोट नगरपालिकामा आज शोक बिदा ।

मुसिकोट नगरपालिकामा आज शोक बिदा ।
भदौ ३
मुसिकोट नगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ। वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेको निधनमा शोक बिदा दिईएको हो।
मुसिकोट नगरपालिकाको नगरप्रमुख स्तरीय बैठकबाट शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए। आज आइतबार नगरपालिका, वडा कार्यालय बन्द रहने सूचनामा उल्लेख छ।
घिमिरेले हिजो शनिबार बिहान ५ बजे सामाजिक सञ्जाल फेसबुकमा नोट लेखेका थिए।
सामाजिक सञ्जालमा पोष्ट देखेपछि स्थानीय र प्रहरीको टोलीले खोजतलास गर्दा झाँक्री थानमा रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।
प्रहरीले स्थलगत मुचुल्का तयार गरी शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रधानले बताए। घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिप्रका गुल्मीले जनाएको छ।
घिमिरे नेपाली काँग्रेस मुसिकोट नगरको नगर सभापति समेत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *