बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक,कुन बैंकमा पाइन्छ बढी ब्याज ?

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ४ वटा बैंकको ब्याजदर घट्दा ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । यस्तै १२ वटा बैंकले भने साउनको भन्दा भदौमा ब्याजदर बढाएका छन् ।

सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई, कुमारी, सिटिजन, कृषि विकास बैंक, सानिमा नेपाल र एनआईसी एशिया बैंक रहेका छन् । यी बैंकहरुले भदौ महिनामा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन् । संस्थागततर्फ अधिकतममा ८.८९६ प्रतिशतका दर रहेको छ ।

लक्ष्मी सनराइज बैंकको मुद्दति निक्षेपमा १०.४, संस्थागत तर्फ ७.९९, नबिल बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा १०.४९ र संस्थागततर्फ ८.४९, प्राइम बैंकको व्यक्तिगततर्फ १०.५ र संस्थागत तर्फ ८.५, एभरेष्ट बैंकको व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८, प्रभु बैंकको संस्थागततर्फ १० र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर रहेको छ ।

 एनएमबि बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९, नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ९.९९, संस्थागततर्फ ७.९९, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत रहेको छ ।

यस्तै हिमालयन बैंकको व्यक्तिगततर्फ ९.९९, संस्थागततर्फ ७.९९, सिद्धार्थ बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागत तर्फ ७.९९, माछापुच्छ्रे बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.४९, राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ तथा स्टयान्डर्ड चार्टर्ड बैंकको ब्याजदर व्यक्तिगततर्फ ८.९२ र संस्थागततर्फ ६.९२ प्रतिशत रहेको छ ।

साउनको तुलनामा भदौमा एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *