Site icon Khatra News

गुल्मीका वार्ड अध्यक्षको शब रुख मा झुन्डिएको अवस्थामा फेला

गुल्मी- गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ का वार्ड अध्यक्षको  शब रुख मा झुन्डिएको अवस्थामा फेला परेको हो । नगरपालिका १ का वार्ड अध्यक्ष मोहन घिमिरे  आज बिहान करिब ५ बजेको समयमा फेसबुक मा status लेख्दै उहाँ सम्पर्क बिहिन हुनु भएको थियो।

घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए । शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् । 

उहाले लेखेको status जस्ताको तस्तै

“परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ। प्रीय अनिता; साथ निभाउन सकेन। मलाई माफ गरे। घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा। ”

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।

Exit mobile version