Site icon Khatra News

हराउँदै मानवीय समंवेदना, मृत्युमाथि पनि खिल्ली !

भाद्र २७, हराउँदै मानवीय समंवेदना, मृत्युमाथि पनि खिल्ली !

भनिन्छ- मर्दा मलामी र पर्दा जन्ति शत्रुको पनि गइन्छ । तर पछिल्लो समय नेपाली समाजमा स्थापित यो उखान मेल खान छाडेको छ ।

सर्वसाधरण त के, समाजको मार्गदर्शक र विवेकी भनिएकै व्यक्तिबाट कसैको मृत्युमाथि हसिमजाक र मृत्युमाथि खुशियाली मनाइरहेका देखिन्छन् । यसले भावनात्मक रुपमा एकाकार भएको नेपाली समाज कतातिर जाँदैछ भन्ने अन्योलता सृजना गरिरहेको छ ।

सोमबार साँझ अप्रत्यासित तवरले संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवास चन्द्र नेम्वाङको निधन भयो । उनको निधन पत्याउन मुस्किल प्रायजसोलाई थियो । हुन पनि किन नहोस्, उनी सक्रिय जीवनमै थिए । सामान्य बिरामी हुनु स्वाभाविक थियो । ज्यानै गइहाल्ने खतराको सिकिस्तता थिएन उनमा । उनी सोमबार दिउँसो धरानको एक कार्यक्रममा थिए । तर उनको सोमबार राति नै हृदयघातका कारण निधन भयो । उनको निधनमा धेरैजसो भावविह्वल छन् । सर्वस्वीकार्य राजनीतिक व्यक्तिको रुपमा उनलाई लिने गरेकाले उनेको निधनले धेरैलाई दुखी बनाइरहेको छ ।

उनी मृदुभाषी, सहमती र सहअस्तित्वको पर्याय थिए । त्यसैले नै उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सरकारले उनलाई राजकीय सम्मान दिने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरिसकेको छ ।

उनको निधनमा नेपाली भूगोलसँग नाता जोडिएका धेरै नेपालीमा समवेदना प्रकट भइरहेका छन् । तर केही अभियान र केही दलसँग पूर्वाग्राह राख्नेहरुले भने मानवीय संवेदनसीलता भुलेर तल्लोस्तरको अभिव्यक्ति दिएका छन् । भनौँ नेम्वाङको देहावशनप्रति सिसिट्युरी नै गरेका छन् । विगतमा पनि अभियानताको नाममा अराजकता मच्चाउने तारा बराल नामक युवतीले नेम्वाङको मृत्युप्रति गम्भीर अमानवीयता प्रकट गरेकी छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै नेम्वाङको मृत्युमाथि खिल्ली उडाएकी छन् ।

हिन्दुराष्ट्र, नागरिकता विद्येयकको श्रापले एउटा मतियारको त मुटु पड्किएछ, अरु साँचिएका १ दर्जनको अन्त्य चाहीँ हाम्रै हातबाट हुनुपर्छ भगमान भन्दै स्टाटस लेखेकी छन् ।

मृत्यु साश्वत सत्य हो । र, यो छ पनि । कसैको मृत्युसँग खिल्ली र राजनीतिक प्रतिशोध साँध्नु के उचित होला ? बराल जस्ता पात्रले आफू पनि मरिन्छ र आफ्ना आफ्न्त छन् उनीहरुको पनि बाटो उही हो भन्ने सोच्नुपर्दैन ? विचार र राजनीति मिल्दैन भन्दैमा मानविय असंवेदनशीलता भूलेर यस्तो निचको अभिव्यक्ति दिनु कति उचित होला ?

यस्तो असंवेदनशीलता विगतमा कार्यकता तहबाट आउने गरेका थिए । तर पछिल्लो समय अभियान्ता र निर्वाचित प्रतिनिधिहरुबाटै आउने गरेका छन् ।

यसले नेपाली समाज भविष्य कस्तो होला भन्ने प्रश्न चिन्ह खडा गरेको छ । नेम्वाङको निधनमा पनि धर्मनिरपेक्ष राष्ट्रको विपक्षमा रहने तथा पहिचान पक्षका कार्यकर्ता तहबाट धेरैजसो यस खालको अभिव्यक्ति प्रकट भएको पाइन्छ ।

यसमा बुझ्नुपर्ने के पनि छ भने धर्मनिरपेक्ष नेम्वाङको एक्लो चाहानाले मात्रै सम्भाव थिएन । यो समयको माग र तत्काललिन राजनीतिक दलहरुको बलभुत्ताले भएको लागु गरिएको हो । र, पहिचानको पक्षधरता र विपक्षको कुरामा नेम्वाङ सँधै सचेत रहेछ । उनले समग्र मुलुकलाई केन्द्रमा राखेका हुन् ।

उनी राजनीतिमा एमाले नेता हुन । तर नेपालको वर्तमान संविधानको निर्माणताका पिताको भूमिका थियो । पिताप्रति असहमति भए पिताकै निधनमा उत्सव त मनाउन भएन होला । जति नै असहमति भएपनि अहिलेका लागि सबै नेपालीले संविधानको पालना गर्नु बाध्यात्म नै हुन जान्छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको निधनमा पनि सांसद तोसिमा कार्कीले यही स्वाभाव झल्काएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसदसमेत रहेकी तोसिमाले पशुपतिस्थित घाटमै अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले श्रीमतीका लागि त केही गर्न सकेनन्, देशका लागि केही गर्छन् र ? भन्ने आशयकाे टिप्पणी गरेपछि उनी विवादित बनिन् ।

राजनीति, विचार, सिद्धान्तभन्दा मानवीयता फरक वस्तु हुन् । हामीले कसैको मृत्युलाई पनि राजनीति प्रतिशोधसँग जोड्नु अमानवियतको पराकाष्ट बाहेक केही हुन सक्दैन । पहिलो कुरा हामी मानव बनौँ । मानव भए न राजनीतिज्ञ, विचारक र दर्शन बन्ने हो । नत्र प्रतिपादित सिद्धान्त र दर्शन नै केका लागि ?

 

Exit mobile version