अपराध
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार
दाङ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दाङमा एक जना पक्राउ परेका छन् । ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-२ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्र बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चित्र बहादुरले आफ्नै घरको बैठक कोठामा दाउ प्रहार गर्दा हस्ती कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई तुलसीपुर उपमहानगरपालिका-७ स्थित कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड