बालसाहित्यकार इन्द्र चौधरी “नेबासास बालपुस्तक लेखन पुरस्कार”बाट पुरस्कृत
काठमाडौं
बालसाहित्यकार इन्द्र चौधरी “नेबासास बालपुस्तक लेखन पुरस्कार”बाट पुरस्कृत भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी बालकथा लेखन प्रतियोगिता कार्यक्रमको अवसरमा आइतबार चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।

चौधरीलाई २०७९ सालमा रुप टु रिडद्वारा प्रकाशित “नयाँ वनपाले” (प्रकाशित पहिलो र कथा दोस्रो) बालचित्र पुस्तकका लागि २०७९ को ८ वर्षभन्दा कम उमेर समूहको बालपुस्तक लेखनका लागि सर्वोत्कृष्टताका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।

विगत ५ वर्षदेखि बालसाहित्य अनुवाद तथा लेखन गर्दै आएका चौधरीका हालसम्म ४ वटा बालचित्र कथाका पुस्तक प्रकाशित भएका छन् भने उनले अंग्रेजीबाट नेपाली र अंग्रेजी र नेपालीबाट थारु तथा रानाथारु भाषामा दर्जनौं बालकथा अनुवाद गरेका छन् । छोटो समयमा नै पुरस्कृत हुन पाउँदा निकै खुशी लागेको चौधरीले बताए । ‘छोटो समयमा नै सवोत्कृष्ट लेखनका लागि पुरस्कार पाउँदा निकै खुसी लागेको छ । यो मैले नसोचेको उपलब्धी हो,’ उनले भने, ‘यसले मलाई बालसाहित्यको क्षेत्रमा थप केही गर्ने ऊर्जा थपेको छ ।’
आधा दशक सञ्चारकर्मीका रुपमा काम गरेका चौधरी रङ्गमञ्च हुँदै हाल शिक्षकका रुपमा कार्यरत छन् । पुरस्कार ग्रहणपछि चौधरीले कथालाई उत्कृष्ट बनाउनका लागि सम्पादकका रुपमा महत्वपूर्ण भूमिका निभाएका वरिष्ठ बालसाहित्यकार तथा आख्यानकार अनन्त वाग्ले र आकर्षक चित्र बनाउने अनुश्री लामालाई धन्यवाद व्यक्त गरे । उनले भने, ‘पुस्तक सर्वोत्कृष्ट बनाउनमा यसका सम्पादक अनन्त वाग्ले र चित्रकार अनुश्री लामाजीको महत्वपूर्ण भूमिका छ ।’ साथै उनले आफ्नो लेखनलाई मूल्यांकन गरी पुरस्कारका लागि योग्य ठानेकोमा मूल्यांकन समितिलाईसमेत धन्यवाद दिए ।
चौधरीसँगै लेखनतर्फ सिर्जना राईले २०७९ सालको ८ वर्षभन्दा माथिका उमेर समूहका लागि, कवि मित्रलाल पंगेनी २०७८ सालको ८ वर्षभन्दा मुनिका उमेर समूहका लागि र हरि खनाल २०७८ सालकै ८ वर्षभन्दा माथिका उमेर समूहका लागि पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, चित्रांकनतर्फ २०७८ का लागि कलाग्रज बि र २०७९ का लागि कृषा ताम्राकार पुरस्कृत भएका छन् । साथै, प्रकाशन गृहलाई पनि पुरस्कृत गरिएको थियो ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड