बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
पालिका

स्वास्थ्य शाखाका लापरवाहीले स्वास्थ्य चौकीहरुमा औषधीको कमी

१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

ज्ञानेश्वर साहनी/नवलपरासी/माघ २५

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकी तथा आधारभूत अस्पताल हरुमा स्वास्थ्य शाखाको चरम लापरवाहीले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधिको हाहाकार मचेको छ।

पाल्हीनन्दनका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताको गैर जिम्मेवार पनले ६ महिना देखि सबै स्वास्थ्य संस्थाहरुमा औषधि न हुँदा हाहाकार मचेको हो।

नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधी पाल्हीनन्दन अस्पतालमा उपलब्ध नरहेको कारण स्वास्थ्यकर्मीले निजि औषधी पसलहरुमा खरीद गर्न पठाउनु हुन्छ स्थानीयहरुले बताउँछन।

स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताको गैरजिम्मेवारीका कारण औषधी अभाव भएको पाल्हीनन्दन अधारभुत अस्पतालका प्रमुख बृजेश यादवले जानकारी दिनुभएको छ।

उनका अनुसार ९८ प्रकारका औषधी निशुल्क दिने सरकारले व्यवस्था गरेपनि गाउँपालिका भित्रका ५ वटै स्वास्थ्य सहित १५ शैयाको अस्पतालमा असार महिना देखि सिटामोल जस्तो सामान्य औषधि उपलब्ध छैन।अस्पतालमा आउने विरामी सेवाग्राहीहरुको लागि आफुले स्वास्थ्य शाखाबाट औषधी माग गर्दा औषधी नरहेको स्वास्थ्य चौकीका प्रमुखहरूले जानकारी दिनुभएको छ।

पाँच वटा स्वास्थ्य चौकी र पाल्हीनन्दन अस्पतालको लागि एक लाख बराबरको औषधी खरीद गरेर पुष ९ गते सम्बन्धित स्वास्थ्य चौकी तथा अस्पतालका प्रमुखहरुको जिम्मा लगाईएको स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले बताउनु भयो।उनका अनुसार थप औषधि खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ ।

यस विषयमा स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ता संग प्रतिक्रिया लिँदा गैर जिम्मेवारपूर्वक जवाब दिए । उनले भने कहिले हाकिम हुन्छन् कहिले हाकिम हुँदैन , मैले पहिला देखि नै खरिद गरौं भन्दा हाकिम नहुँदा यस्तो अवस्था सिर्जना भएको जानकारी दिएको छन् भने पाल्हीनन्दन गाउँपालिका मा दुईवटा एम्बुलेन्स थन्केर राखिएको कुरा समेत थाहा नभएको जस्तो जानकारी दिए भने पाल्हीनन्दन गाउँपालिका पालिका भित्र र पाल्ही आधारभूत स्वास्थ्य चौकी अगाडि रहेको औषधि पसल हरु दर्ता नरहेको समेत कुराकानी गर्दा आलटाल गरेको छ।

पाल्हीनन्दन आधारभूत अस्पताल लोहरौलीमा उपचार गराउन गएको सेवाग्राहीले औषधि न पाई रित्तो हात घर फर्केका छन्। उनीहरूले भने “हामी गरीब जनता पैसाको अभावले उपचार गराउन अस्पताल गयौ तर एउटा सिटामोल लिएर घर फर्कियो। अस्पतालका कर्मचारी भन्छन औषधि छैन कहा बाट दिने । यसरी विगत ६ महिना देखि पाल्हीनन्दन आधारभूत अस्पताल लोहरौली लगाएको स्वास्थ्य चौकीहरुमा औषधिहरुको अभाव छ।

जिल्लाबाट औषधि उपलब्ध नहुने र औषधि खरिदको बजेट गाउँपालिकामा आएकोले गाउँपालिकाले औषधि खरिद गरेर दिनु पर्नेमा ढिलाइ गरेको पाल्हीनन्दन अधारभुत अस्पतालका प्रमुख बृजेश यादवले बताए । उनले भने स्वास्थ्य चौकीहरुमा सिटामोल समेत चार/पाँच चक्की दिन समस्या भएको छ। माग गरेको पनि एक महिना बिती सक्दा पनि उपलब्ध गराउन सकेको छैन।

एक सेवाग्राहीले भनिन् स्वास्थ्य संस्थामा जाँदा गाउँपालिका देखाउने र गाउँपालिका जाँदा स्वास्थ्य संस्था देखाउने गरेका तर औषधि कही कतै पनि पाइन्न। यसरी स्वास्थ्य उपचारका लागि आउने बिरामीहरू समस्यामा परेको उनले भनिन्। स्वास्थ्य संस्थामा औषधि नपाए पछि स्थानीय क्लिनिकमा सेवाग्राहीले महङ्गो शुल्कमा औषधि किन्न बाध्य भएका छन् ।

यसरी जनताको स्वास्थ्य संग स्वास्थ्य शाखा प्रमुखले खेलवाड गरी रहेका सेवाग्राहीहरुले आरोप लगाएका छन्। पाल्हीनन्दन गाउँपालिका अन्तरगत एक आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी गरी ७ वटा स्वास्थ्य संस्था रहेको छ ।

यस विषय मै प्रमुख प्रशासकीय अधिकृत संग बुझ्दा हालै म यस गाउँपालिकामा आएको हुँदा मैले औषधिको टेण्डर आह्वान गरिसकिएको र सम्झौता समेत भइसकेको छ र अब केही दिनमा औषधि आउने जानकारी दिनुभएको छ।

लेखकको बारेमा