नवलपरासी नेपाल बार एशोसिएसनकाे अध्यक्षमा पौडेल निर्वाचित
माघ ११ गते
नवलपरासी । नेपाल बार एशोसिएसन नवलपरासी शाखाको अध्यक्षमा अधिवक्ता रामकृष्ण पौडेल निर्वाचित हुनु भएको छ। आज सम्पन्न निर्वाचनमा पौडेलले ३७ मत प्राप्त गरी विजय हासिल गर्नुभयो। अध्यक्ष पदका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धी अधिवक्ता सरस्वती शर्माले ६ मत प्राप्त गर्नु भयो भने अधिवक्ता लक्ष्मण प्रसाद यादवले १ मतमा सीमित रहनुभयो।
उपाध्यक्ष पदमा अधिवक्ता कृष्णबहादुर क्षेत्री २८ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी अधिवक्ता दिलीप कुमार श्रेष्ठले १७ मत प्राप्त गर्नु भयो। बारको सचिव पदमा अधिवक्ता भवराज पाण्डे विजयी हुनुभयो। पाण्डेले ३० मत ल्याउँदा प्रतिस्पर्धी अधिवक्ता मनोजकुमार हरिजनले १५ मत प्राप्त गर्नु भयो।कोषाध्यक्ष पदमा अधिवक्ता पंचदेव गुप्ता र सहसचिव पदमा अधिवक्ता पार्वती अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ।

सदस्य पदमा १२ जनाको उम्मेदवारी परेकोमा ८ जना निर्वाचित हुनुभएको छ। निर्वाचित सदस्यहरूमा सन्देश अर्याल, राजु न्यौपाने, रामजी प्रसाद उपाध्याय, झविन्द्र ज्ञवाली, शिवकुमार पाण्डेय, मुरारी भण्डारी, अरुणोदय प्रसाद उपाध्याय र रनबहादुर क्षेत्री रहनुभएको छ।त्यसैगरी, पार्षद् पदमा वरिष्ठ अधिवक्ता आनन्द प्रसाद भुसाल र अधिवक्ता राजेन्द्र खनाल निर्विरोध चयन हुनुभएको छ।

नयाँ कार्यसमितिले बारको गतिविधि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड