माघ २२ गते देखि एच.पि.भी. खोप अभियान सुरु हुने
रंजीत शर्मा/नवलपरासी/११ माघ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी.खोप देशैभरी एकैसाथ अभियानको रूपमा २०८१ माघ २२ गते देखि फागुन ६ गतेसम्म संचालन गर्न लागेको छ ।
आज पाल्हीनन्दन गाउँपालिकामा एक अभिमुखीकरण कार्यक्रम गर्दै स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सूचिकृत स्वास्थ्य संस्थाहरूबाट कक्षा ६ देखि कक्षा १० सम्म अध्यायन अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रूपमा स्थापना गरी निशुल्क रूपमा राष्ट्रिय खोप अभियान संचालन हुने बताएको छ।

महिलाहरूमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोग बाट भबिष्यका कर्णधारको रूपमा रहेका बालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागि सवैको महत्वपूर्ण भूमिका रहेको पाल्हीनन्दनका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताए। भनिन्छ नि ‘रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस’ ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । उनले भने

हरेक स्वास्थ्य संस्थाहरूबाट संचालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संम्बेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा हेरिएको छ । त्यसैले एच.पि.भी.खोप अभियान २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्मको महान अभियानमा सम्पूर्ण सरोकारवालाहरू सहभागी भई सफल आग्रह हरेक छन् ।
एच.पि.भी.एक प्रकारको भाईरस हो । यसलाई ह्युमन प्यापिलोमा भाईरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाईरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ भने यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन भन्ने कुरा बिभिन्न अध्ययनहरूले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ । पाठेघरको मुखको क्यान्सर मुख्यगरेर एच.पि.भी. भाईरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने बिभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।
कार्यक्रम गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक), वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारी लगाएको उपस्थिति रहेको थियो।





भर्खरै
-
रुपन्देही क्षेत्र नं ४ मा कांग्रेसको उम्मेदवार सिफारिस
-
जन्मदिनमा माहीले गरे विद्यार्थीहरुलाई जुत्ता सामग्री वितरण
-
रुपन्देहीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त सडकमा ट्राफिक प्रहरी असुलीमा मस्त
-
कञ्चनरुपमा छात्रवृत्ति दोहोरो निकासा, अनियमितता छोप्न पत्रकारमाथि हातपात : स्थानीय तहमा प्रशासनिक मिलेमतोको पर्दाफास
-
सुस्ताको बालुवा खानी क्षेत्रबाट बालुवा तस्करी,प्रहरी मौन
-
ईलाका प्रहरी कार्यालय मझगावाँ ले नागरिक सुनवाई कार्यक्रम सम्पन्न

पात्रो
गेम्स
रेडियो
युनिकोड