बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
प्रहरी प्रशासन

सवारी दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्टर स्टीकर टाँस अभियान

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

धन्नजय उपाध्याय/रुपन्देही

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मर्चवार युवा जनजागरण क्लबले वृहत सचेतना अभियान सञ्चालन गरेको छ ।

क्लबले ईलाका प्रहरी कार्यालय मझगावा को सहकार्यमा शुक्रबार मर्चवार को कोटाहीमाँई गाउँपालिका वडा नं ७ परसाहवा चोक मा साईकल र ट्याक्टरमा रिफ्लेक्टर स्टीकर टाँसेको छ ।

मर्चवार को परसाहवा चौराहाको अगाडि बिहान सडकमा गुडिरहेका साईकल र ट्याक्टर गरी तिनसँय वटा बढी सवारीसाधनमा स्टीकर टाँसिएको कार्यक्रम को अध्यक्ष मोहम्मद आरिफ खान ले जानकारी दिए ।

मर्चवार युवा जनजागरण कलब को आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय मझगाँवा को सहकार्यमा कार्यक्रम भएको क्लबको अध्यक्ष खान ले बताए । अहिले जाडोको मौसममा ओस ले गर्दा सवारी साधन नदेखिने गरी दुर्घटनाको स्तर वृद्धि भएको , रिफ्लेक्टरले गर्दा दुर्घटना अलि कम हुने इलाका प्रहरी कार्यालय मझगावा को प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।

इलाका प्रहरी कार्यालय मझगाँवा को सम्पूर्ण टोलीसहित प्रहरी निरीक्षक बस्याल ले पनि रिफ्लेक्टर टाँस गरेका थिए , साथसाथै क्लबका अध्यक्ष मो० आरिफ खान, सचिव मोदिम खान, सन्तोष बनिया लगायत अन्य जनाले रिफ्लेक्टर टाँसेका थिए।

लेखकको बारेमा