सम्मरीमाई वडा नं ३ मा जेष्ठ नागरिक, दलित, एकल महिला तथा अशक्त अपाङ्गलाई कम्बल वितरण

धन्नजय उपाध्याय/रुपन्देही
रूपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं ३ मा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। जेष्ठ नागरिक, दलित, एकल महिला तथा अशक्त अपाङ्गलाई कम्बल दिई सम्मान गरिएको हो।
थुम्हवा पिपराहावा मा स्थित आधारभूत विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा कुल ४२८ जना लाई कम्बल वितरण गरिएको कार्यक्रमको अध्यक्ष सोही वडाको वडा अध्यक्ष अदहम अलि देवान ले जानकारी दिए ।

जेष्ठ नागरिक एकल महिला दलित अशक्त र अपाङ्ग लाई हामीहरूले सधैं पहिलो स्थान दिएका छौं भने देवानले बताए । कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भयो, यसै वडाको होइन पुरै गाउँपालिकाको जेष्ठ नागरिक हाम्रो अभिभावक हुन् भन्ने गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव ले आफ्नो मन्तव्यमा बताए ।

एकल महिला र जेष्ठ नागरिकहरूको लागि हामीहरूलाई सहारा बन्नुपर्दछ र हामी बनिरहेका छौँ भन्ने गाउँपालिकाको उपाध्यक्ष कुमारी प्रियंका सिंह शाही ले भन्नुभयो । हाम्रो वडाको सम्पूर्ण मेरो अग्रज हरूको सल्लाह लिएर म आफ्नो कर्तव्यलाई अगाडि बढाइरहेको छु, भन्ने वडाध्यक्ष देवानले बताएँ।

कार्यक्रम उपस्थित प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव, विशिष्ट अतिथि सोही गाउँपालिकाको उपाध्यक्ष कुमारी प्रियंका सिंह शाही, विशिष्ट अतिथि समाजसेवी सहाबुद्दिन देवान, वडा सदस्य अष्टभुजा प्रसाद पाण्डे, इन्द्रावती कहाँर, अमरावती हरिजन, विनोद यादव लगायत अन्य वडाबासी हरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको देवानले जानकारी दिएँ।






भर्खरै
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग
-
बर्दघाट नगरपालिकामा जेष्ठ १६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
-
पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु