सम्मरीमाई वडा नं ३ मा जेष्ठ नागरिक, दलित, एकल महिला तथा अशक्त अपाङ्गलाई कम्बल वितरण
धन्नजय उपाध्याय/रुपन्देही
रूपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं ३ मा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। जेष्ठ नागरिक, दलित, एकल महिला तथा अशक्त अपाङ्गलाई कम्बल दिई सम्मान गरिएको हो।
थुम्हवा पिपराहावा मा स्थित आधारभूत विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा कुल ४२८ जना लाई कम्बल वितरण गरिएको कार्यक्रमको अध्यक्ष सोही वडाको वडा अध्यक्ष अदहम अलि देवान ले जानकारी दिए ।

जेष्ठ नागरिक एकल महिला दलित अशक्त र अपाङ्ग लाई हामीहरूले सधैं पहिलो स्थान दिएका छौं भने देवानले बताए । कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भयो, यसै वडाको होइन पुरै गाउँपालिकाको जेष्ठ नागरिक हाम्रो अभिभावक हुन् भन्ने गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव ले आफ्नो मन्तव्यमा बताए ।

एकल महिला र जेष्ठ नागरिकहरूको लागि हामीहरूलाई सहारा बन्नुपर्दछ र हामी बनिरहेका छौँ भन्ने गाउँपालिकाको उपाध्यक्ष कुमारी प्रियंका सिंह शाही ले भन्नुभयो । हाम्रो वडाको सम्पूर्ण मेरो अग्रज हरूको सल्लाह लिएर म आफ्नो कर्तव्यलाई अगाडि बढाइरहेको छु, भन्ने वडाध्यक्ष देवानले बताएँ।
कार्यक्रम उपस्थित प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव, विशिष्ट अतिथि सोही गाउँपालिकाको उपाध्यक्ष कुमारी प्रियंका सिंह शाही, विशिष्ट अतिथि समाजसेवी सहाबुद्दिन देवान, वडा सदस्य अष्टभुजा प्रसाद पाण्डे, इन्द्रावती कहाँर, अमरावती हरिजन, विनोद यादव लगायत अन्य वडाबासी हरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको देवानले जानकारी दिएँ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड