नवलपरासी प्रहरीमा चेक बाउन्स, मिटरब्याजी र म्यानपावर दलालको धेरै उजुरी

ज्ञानेश्वर सहानी/ नवलपरासी /माघ ५

पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा चेक बाउन्स, मिटरब्याजी र म्यानपावर दलालको धेरै उजुरी परेको छ।

देवानी प्रकृतिको भएकाले त्यसअघि प्रहरीले चेक बाउन्सको उजुरी हेर्दैनथ्याे । पीडित सिधै अदालत पुग्नुपर्‍थ्याे । ०७३ पछि भने बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ संशोधन गरेर कसैले जानीजानी आफ्नो बैंक खातामा रकम नहुँदा-नहुँदै कसैलाई चेक दिएमा त्यो बैंकिङ कसुर हुने उल्लेख गर्दै प्रहरीले हेर्ने व्यवस्था गर्‍यो ।

त्यस लगत्तै प्रहरीमा चेक बाउन्सका उजुरी बढेको विभिन्न प्रहरी कार्यालयको तथ्यांक छ ।

त्यसाे त, प्रहरीले हेर्ने कानुनी व्यवस्था नहुँदै पनि पहुँचवाला वर्गकाे चेक बाउन्सको उजुरी प्रहरीले हेर्ने र आम नागरिकको उजुरीमा हेर्न नमिल्ने भन्दै पन्छिने गरेको आरोप प्रहरीमाथि थियो । ०७३ देखि भने कानुनले नै चेक बाउन्सको मुद्दा प्रहरीले हेर्ने व्यवस्था गरेपछि जानीजानी आफ्नो बैंक खातामा रकम नहुँदा-नहुँदै चेक दिएर ठगी गर्ने माथि प्रहरीले बैंकिङ कसुरको मुद्दामा कारबाही गर्न थालेको हो ।

जसको कारण धेरै पीडितले न्याय पाएको प्रहरीको दाबी छ । हाल प्रहरीले चेक बाउन्स अभियोगमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि भने सरकारी वकिल कार्यालय हुँदै मुद्दा अदालत पुग्छ । अदालतले दोषी प्रमाणित गरे खातामा मौज्दात नभएको चेक दिने व्यक्तिलाई बिगो र बिगोबमोजिमको जरिवाना भराई तीन महिनासम्मको जेल सजाय तोक्ने व्यवस्था गरेको छ ।

सो व्यवस्थापछि राष्ट्र बैंकले सूचना प्रकाशित गरेरै पैसा नभएको खाताको चेक नकाट्न अनुरोध गरेको थियो । तैपनि बाउन्स चेककाे ठगी राेकिएन । प्रहरीमा आउने उजुरीमध्ये अधिकांश चेक बाउन्सकै उजुरी हुने जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) रेशम बोहरा बताउँछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीमा हाल २४भन्दा बढी चेक बाउन्सको उजुरी आउने गरेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार, आर्थिक वर्ष २०८०/८१मा नवलपरासीमा ४८ बाउन्स चेकसम्बन्धी मुद्दा दर्ता भएका थिए । यो संख्या अर्को आर्थिक वर्षमा आइपुग्दा ६ गुणाभन्दा बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०८०-८१मा यससम्बन्धी उजुरी नवलपरासीमा २४ बाट छ ।

तर, पछिल्लो आर्थिक वर्षमा बैंकिङ कसुरको मुद्दामा केही कमी आएको छ । आर्थिक वर्ष ०८०-८१मा नवलपरासीमा मुद्दा दर्ता ४८ भएका छन् । भने मिटर ब्याज सम्बन्धी उजुरी निवेदन २०५४ जिल्ला प्रशासन कार्यालय नवलपरासी मा छ भने कुनै पनि निवेदन फछौंट भएको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीमा वैदेशिक रोजगार ठगी ९७ वटा उजुरी परेको छ भने ६६ वटा मिलापत्र भइसकेको र ३१ वटा बाँकी रहेको छ।

प्रहरीमा आएका उजुरीपछि केहीले मिलापत्र गर्ने भएकाले अदालतमा मुद्दा दर्ताको संख्यामा केही कमी आएकाे देखिए पनि प्रहरी कार्यालयमा आउने उजुरीमा भने कुनै कमी नआएको सुचना अधिकारी बोहराले बताए । प्रहरीमा चेक बाउन्सको उजुरी परेपछि पनि दुवै पक्षलाई बोलाएर छलफल गराएर मिल्ने समय दिने गरिएकाे छ ।

किन रोकिँदैन चेक बाउन्सको उजुरी ?

प्रहरीमा आउने चेक बाउन्सका अधिकांश उजुरी व्यक्तिगत हुन्छन् । त्यसरी आउने चेकहरू ‘मिटर ब्याज’ व्यवसाय चलाउनेहरूले बाउन्स गर्ने गरेको पाइएकाे नवलपरासी प्रहरी कार्यालयले बताएको छ । हामीकहाँ आउने चेक बाउन्सको उजुरीमा केही ठूला व्यापारीका छन् । धेरै त एउटै व्यक्तिलाई दिएको चेक बाउन्स भएकाे उजुरी आउने गरेको छन् । अनुसन्धानबाट चेक बाउन्स गर्ने व्यक्ति मिटरब्याजी भएको समेत खुलेका छन् ।’

ठूलो रकम ब्याजमा दिने र विश्वासको लागि चेक लिने प्रवृत्ति देखिएकाे छ । चेक दिएकाे व्याक्ति सम्पर्कविहीन भएपछि चेक बाउन्स भएकाे उजुरी लिएर प्रहरी कार्यालयमा पुग्नेको संख्या उल्लेखनीय छ । प्रहरीमा परेका उजुरीमध्ये थोरै मात्र संस्थागत हुने गरेका छन् । त्यसबाहेकका वैदेशिक रोजगारीमा पठाउनसमेत चेक दिएर रकम उठाउने र पछि पैसा खाएर भागेपछि उनीहरूको चेक बाउन्स भई प्रहरीमा उजुरी दिन आउनेहरूको संख्या बढी भएको प्रहरीको भनाइ छ ।

More From Author

नेपाल रेडक्रस सोसाइटी पाल्ही उप-शाखा द्वारा कम्बल वितरण

भुजहवामा‌ हत्या गरेको आरोपमा दुईजना पक्राउ