अपराध
नदी किनारमा सडेको अवस्थामा शव फेला
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार
रूकुम पश्चिमको ठूलीभेरी नदीमा शव भेटिएको छ।
बुधबार बिहान सवा ८ बजेतिर जिल्लाको आठबिसकोट नगरपालिका ११ र १३ को सीमाना क्षेत्रमा पर्ने ठूलीभेरी नदीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको रुकुम पश्चिम प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

नदी किनारमा पानीमा तैरिरहेको अवस्थामा मानिसको शव देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए।

त्यो सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनाल नेतृत्वमा पुगेको प्रहरी टोलीले शव निकालेको थियो। शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी प्रवक्ता पाठकले बताए।
शरीरमा कपडा नभएको अवस्थामा फेला परेको शवको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ। शवको पोष्टमर्टम गर्न जिल्ला अस्पताल सल्लेतर्फ पठाइएको प्रहरीले बताएको छ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड