अपराध
नदी किनारमा सडेको अवस्थामा शव फेला
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार
रूकुम पश्चिमको ठूलीभेरी नदीमा शव भेटिएको छ।
बुधबार बिहान सवा ८ बजेतिर जिल्लाको आठबिसकोट नगरपालिका ११ र १३ को सीमाना क्षेत्रमा पर्ने ठूलीभेरी नदीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको रुकुम पश्चिम प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

नदी किनारमा पानीमा तैरिरहेको अवस्थामा मानिसको शव देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए।

त्यो सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनाल नेतृत्वमा पुगेको प्रहरी टोलीले शव निकालेको थियो। शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी प्रवक्ता पाठकले बताए।
शरीरमा कपडा नभएको अवस्थामा फेला परेको शवको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ। शवको पोष्टमर्टम गर्न जिल्ला अस्पताल सल्लेतर्फ पठाइएको प्रहरीले बताएको छ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड