अतिक्रमणको चपेटामा नन्दनतालः संरक्षणमा सबैं पक्षको प्रतिवद्धता

ज्ञानेश्वर साहनी/ नवलपरासी/ १८ पुष।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ६ मा पर्ने एतिहासिक नन्दन ताल, नन्दन नगर बारे आज जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सरोकारवालाहरुले नेपालको तेश्रो ठूलो तालको रूपमा रहेको नन्दन तालको संरक्षणका लागि पुरानै स्वरूपमा फर्काउन पालिका अडिक सँगै राजतिनिक दलका प्रतिनिधिहरूले पनि सहयोग गर्ने निष्कर्ष निकालेको छ। त्यस सँगै सबै सरोकारवालाहरुले सामूहिक प्रतिबद्धता जनाएका छन्।

नन्दन ताल स्थानियहरुको अतिक्रमणका कारण तालको अस्तितत्वनै मेटिने खतरा उत्पन्न भएपछि सरोकारवाला संग छलफल गरी संरक्षणको काम अगाडी बढाउन अन्तरक्रिया गरिएको पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दिपक)ले बताए। सो क्रममा बोल्दै सरोकारवालाहरूले तालको संरक्षण हुनुपर्ने विषयमा मतएक्यता जाहेर गर्दे स्थानिय तह सक्रिय रूपमा लाग्न जोड दिएका छन् ।

कार्यक्रम पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री ध्रुव बहादुर प्रधानको प्रमुख अतिथिकतामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले नवलपरासीबाट त्रिवेणी धाम लगायतको धार्मिक तथा पर्यटकीय स्थलहरु अलग भए पछि जिल्लाको पहिचान मेटिदै गएको भन्दै तालतलैया लगायतका अन्य सम्पदाको संरक्षण गर्दे जानुपर्नेमा जोड दिनुभयो । माथिल्लो तहका सरकारले चासो नदिएपनि स्थानिय तहले संरक्षण र प्रर्वद्धनको काममा अठोट गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

सो क्रममा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलले नन्दन ताल संरक्षणको विषय चुनौतिको रुपमा रहेको बताउदै यसलाई अवसरको रुपमा लिएर काम गर्ने हो भन्ने सम्भव भएको बताए । उनले भने “बहाना बाजि गर्ने हो भने अर्थ छैन् तर साँच्चै बनाउने हो भने स्थानिय तह कठोर बनेर निर्णय गरेर अगाडी बढ्न सक्नुपर्छ र यहाँ उपस्थित राजनीतिकका प्रतिनिधिहरुले एकबद्धता जनाई अघि बढ्नु पर्ने बताए।

त्यस्तै पुर्व स्थानिय विकास राज्यमन्त्री घनश्याम यादवले नन्दन तालको संरक्षणमा सबै सरोकारवाला एकजुट बन्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले नन्दनतालको संरक्षण र प्रर्वद्धन गर्न सके पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्दे प्रदेश सरकार संग पनि सहयोगको लागी पहल गर्ने आवश्वासन दिनुभयो ।

जिल्लाको साबिक हकुई र सनई गाबिसको सिमाना रहेको नन्दन ताल तीन कित्ता गरु झन्डै ८० विगाहा र त्यस नजिक सनई र रगरगन्जको बीचमा रहेको सनई ताल ८२ गरी झन्डै १ सय ६२ बिगाहा क्षेत्रफलमा फैलिएको छ तर अहिले स्थानियले अतिक्रमण गरी खेतिपाती गर्दै आएका हुना तालनै मेटिदै गएको छ । विगतका दिन देखि ताल मासिदै गएको विषयमा कुरा उठे पनि संरक्षणको ठोस काम हाल सम्म हुन सकेको छैन् । वि.स. २०७३ साल सम्म तालमा रहेको सानो सानो पोखरीमा माछा पालन हुने गर्दथ्यो जसका लागी ठेक्का समेत आह्वान हुने गरेकोमा पछिल्लो समय तिव्र गतिमा ताल अतिक्रमण भएपछि अस्तीत्व संकटमा परेको छ ।गाँउपालिका अध्यक्ष गुप्ताले अब स्थानिय र पालिका स्तरमा थप छलफल गरेर संरक्षणको काम सुरु गर्ने तयारी रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, गाँउपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, नेपाली कांग्रेसका नेता विक्रम यादव, जसपा नेपालका धरेन्द्र यादव, राप्रपाका किरण प्रधान, रास्वपाका रवि पाण्डे, लोसपाका मुकुरजि गिरी,राधेश्याम सिंह सैथवार लगायत पत्रकार तथा सरोकारवालाहरुले आफ्नो धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार बेचु गौड र रंजीत शर्माले तालको वर्तमान अवस्था र आगामी दिनमा गर्न सक्ने सम्भावनाका कार्यहरू बारे प्रस्तुतीकरण गरेका थिए भने कार्यक्रमको संञ्चालन पत्रकार बिकास अधिकारीले गरेका थिए ।

More From Author

प्रहरी हौं भन्दै किशोरी अपहरण गरेको आरोपमा २ जना पक्राउ

बाटोमा आगो ताप्नेले पाए दाउरा घरमा ताप्ने सुत्केरी समेतले पाएनन दाउरा