पुरानो उधारो विवादमा चक्कु प्रहार एक विद्यार्थीको मृत्यु
काठमाडौँ, १० पुसः ललितपुरको च्यासलस्थित हिमालय कलेजका बीई तेस्रो सेमेष्टर पुरा गरेका विद्यार्थी नयन गुरुङ सोमबार साँझ साथीहरूसँग खुसीयाली मनाउन कलेज नजिकैको ‘टाउन हब’ क्याफेमा पुगे ।
सुनसरी घर भई सातदोबाटोमा बस्दै आएका २३ वर्षीय नयनले क्याफेमा बसेर सेमेष्टर सकिएको खुसी बाँडे ।करिब राति ९ बजेर २० मिनेटमा क्याफेबाट निस्कने क्रममा नयनले बिल तिर्न खोज्दा क्याफेको काउण्टरमा रहेका हेमराज भट्टले पुरानो उधारो रकम पनि माग गरे। नयनले आफूहरू लामो समयदेखि उक्त क्याफेमा ग्राहक रहेको र पहिलेको उधारो पछि तिर्ने बताएर नयाँ बिलको मात्र रकम तिरे ।

तर, केहीबेरपछि नयन साथीहरूसँग क्याफेमा पुनः फर्किए। त्यहीबेला नयन र क्याफे कर्मचारी भट्टबीच उधारो रकमको विषयलाई लिएर विवाद भयो । विवाद बढ्दै जाँदा डडेलधुराका २६ वर्षीय भट्टले नयनमाथि चक्कु प्रहार गरे । गम्भीर घाइते भएका नयनलाई तत्काल बिएण्डबी अस्पताल लगियो तर उपचारकै क्रममा उनको ज्यान गयो ।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार घटनाको कारण पुरानो उधारोको विवाद देखिएको छ । नयन करिब साढे ३ वर्षदेखि उक्त क्याफेका नियमित ग्राहक थिए । उनका अनुसार नयनको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । घटनामा संलग्न भट्टलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड