हातखुट्टा बाँधेर अर्धचेत अवस्थामा भेटिएकी महिलामाथि बलात्कार भएको खुलासा : तीनजना पक्राउ

काठमाडौं । मोरङको जहदा गाउँपालिकाकी अर्धचेत अवस्थामा फेला परेकी २३ वर्षीया युवतीको बलात्कार भएको खुलासा भएको छ ।
होस खुलेपछि ती महिलाले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार छन् ।

मंगलबार जहदा गाउँपालिका–३ की २३ वर्षीय महिला घरदेखि करिब दुई किलोमिटर टाढा कटहरी गाउँपालिका–२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।

‘मर्निङ वाक’मा निस्किएकी उनी मंगलबार दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा भेटिएकी हुन् ।
‘मर्निङ वाक’मा निस्किएका बेला उनीमाथि सामूहिक बलात्कार भएको पाइएको छ । अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।






भर्खरै
-
पाल्हीनन्दनद्वारा आदर्श माविलाई बस हस्तान्तरण
-
पत्रकारलाई ‘झोले’ भनेको टिप्पणीप्रति आपत्ति, नगरप्रमुख बिमला अर्यालको अभिव्यक्तिको चौतर्फी विरोध
-
नारायणी नदीको उत्खननमा बन मन्त्रालय र अख्तियारको निगरानी :- मोटो रकमको चलखेल भएको आशंका
-
श्री गोरखदल गणबाट “अभ्यास मनसुन -५” संचालन
-
मर्चवारको नहर सरसफाई अभियान: कृषिमा नयाँ आशा
-
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन बृहत सरसफाई अभियान सुरु