मुस्लिम आयोगका कावा अध्यक्ष अलिद्धारा समुदायलाई शिक्षामा जोड दिन आग्रह
परासी, ११ जेठ ।
नेपाल मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमदिन अलिले आयोग मुस्लिम समुदायको हक–हितमा काम गरिरहेको प्रष्ट पार्नु भएको छ ।

अलिले देश भरि मुस्लिम समुदायका धार्मिक स्थल मदरसा, मस्जिद कबरिस्तान, ईदगाह लगायतका क्षेत्रमा देखिएका समस्याहरु सामाधानका लागि आयोगले सरकारसंग पहल गरिरहेको जिकिर गर्नु भयो ।

शनिवार पाल्हीनन्दन ३ बेलासपुरमा आयोजित मदरसा प्रवद्र्धन सामाजिक केन्द्रको नवगठित कार्यसमितिलाई पदभार ग्रहण तथा संस्थाको विधिवत रुपमा सुभारम्भ कार्यक्रममा प्रमुख अतिथि आयोगका कावा अध्यक्ष अलिले सभा सम्बोधन गर्दै मुस्लिम समुदायलाई शिक्षा जोड दिन आग्रह पनि गर्नु भयो । आ–आफना बच्चाहरुलाई मदरसा शिक्षा संगै साधारण शिक्षामा पनि उत्ति जोड दिन उहाँले आग्रह गर्नु भयो । मदरसा प्रवद्र्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अलि मोमिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आयोगका कावा अध्यक्ष अलिले यस संस्थाको संस्थागत विकास र यस जिल्लामा देखिएका समस्या सामाधानका लागि आयोग तयार र समर्थनमा रहने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।
कार्यक्रममा मदरसा प्रवद्र्धन सामाजिक केन्द्रको नव गठित कार्यसमितिका पदाधीकारी एवं सदस्यहरुले पदभार ग्रहण गर्दै आफनो काम कर्तब्य निष्ठापुर्वक निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा संस्थाद्धार जिल्लाका मदरसाहरुमा ३ सय बढि थान धर्मगन्थ कुरान मजिद वितरण समेत गरेको संस्थाका अध्यक्ष हैदर अलि मोमिनले जानकारी दिनु भयो । कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पु¥याएकि शिसा नेपालकि अध्यक्ष साजिदा सिद्दिकीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि हजरत मौलाना सुफि सिद्दिक मिँया, विशिष्ट अतिथि सिसा नेपालकि अध्यक्ष साजिदा सिद्दिकी, अतिथिहरु मदारबाबा गद्दीनसिन मौलाना हाजी अमिरुल्लाह अंसारी, हाजी बुद्धन अलि, हाजी तैयब अलि अंसारी, मौलाना सैयद हसनैन मिँया, मुस्लिम संघका जिल्ला सभाति अखतर खान, समाजसेवी रियाजुद्दिन अंसारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम अब्दुलरज्जाक मिँयाले संचालन गरेका थिए ।





भर्खरै
-
रुपन्देही क्षेत्र नं ४ मा कांग्रेसको उम्मेदवार सिफारिस
-
जन्मदिनमा माहीले गरे विद्यार्थीहरुलाई जुत्ता सामग्री वितरण
-
रुपन्देहीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त सडकमा ट्राफिक प्रहरी असुलीमा मस्त
-
कञ्चनरुपमा छात्रवृत्ति दोहोरो निकासा, अनियमितता छोप्न पत्रकारमाथि हातपात : स्थानीय तहमा प्रशासनिक मिलेमतोको पर्दाफास
-
सुस्ताको बालुवा खानी क्षेत्रबाट बालुवा तस्करी,प्रहरी मौन
-
ईलाका प्रहरी कार्यालय मझगावाँ ले नागरिक सुनवाई कार्यक्रम सम्पन्न

पात्रो
गेम्स
रेडियो
युनिकोड