पत्रकार रंजीत शर्मालाई ज्यान मार्ने धम्की: प्रेस क्लबको विरोध

पाल्हीनन्दन/ बैशाख ११
पाल्हीनन्दन प्रेस क्लबका सदस्य तथा राजधानी राष्ट्रिय दैनिकका संवाददाता रञ्जित कुमार लोहारलाई प्राप्त ज्यान मार्ने धम्कीप्रति क्लबले गम्भीर ध्यानाकर्षण गराउँदै तीव्र विरोध जनाएको छ।

क्लबले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख ९ गते भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतंकी हमलाबारे सामाजिक सञ्जालमार्फत जनचासो अभिव्यक्त गर्न खोजेका पत्रकार लोहारमाथि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित एक धार्मिक शिक्षालय (मदरसा) का प्रधानाध्यापक जुल्फेकार अहमदबाट मोबाइल एसएमएसमार्फत धम्की आएको जनाइएको छ।


पत्रकार लोहारले आफूले सामान्य व्यक्तिगत धारणा राखी “Tek Xetri” नामक फेसबुक पेजमा सार्वजनिक भएको विषयवस्तु सेयर मात्र गरेको बताए। उक्त पोस्टमा आतंकवादी हमलाको समर्थन हुने किसिमका अभिव्यक्तिहरू रहेका थिए, जसलाई उनले समाचारको चासोका रुपमा मात्र सेयर गरेको जनाएका छन्।

तर, उक्त सेयरलाई लिएर प्रधानाध्यापक अहमदले “तिमीले जुन गरेको छौ, गलत गरेको छौ। म १-२ दिनमा घर आएपछि तिमीलाई लेखाई र सेयरको महत्व देखाउँछु” भन्ने आशयको धम्की दिएको प्रेस क्लबको दाबी छ।

क्लबले उक्त कार्य पत्रकारिताको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सद्भावमाथिको गम्भीर आक्रमण भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। साथै, दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासन र सुरक्षा निकायहरूलाई आग्रह गरिएको छ।
प्रेस क्लबले सम्पूर्ण पत्रकार, नागरिक समाज, मानव अधिकारकर्मी र कानुनी क्षेत्रमा संलग्न व्यक्तिहरूलाई एकजुट भई यस्ता घटना विरुद्ध आवाज उठाउन आह्वान गरेको छ।






भर्खरै
-
पाल्हीनन्दनद्वारा आदर्श माविलाई बस हस्तान्तरण
-
पत्रकारलाई ‘झोले’ भनेको टिप्पणीप्रति आपत्ति, नगरप्रमुख बिमला अर्यालको अभिव्यक्तिको चौतर्फी विरोध
-
नारायणी नदीको उत्खननमा बन मन्त्रालय र अख्तियारको निगरानी :- मोटो रकमको चलखेल भएको आशंका
-
श्री गोरखदल गणबाट “अभ्यास मनसुन -५” संचालन
-
मर्चवारको नहर सरसफाई अभियान: कृषिमा नयाँ आशा
-
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन बृहत सरसफाई अभियान सुरु