नवलपरासी प्रहरीले अवैध रुपमा ल्याइएका कुखुराको चल्ला नियन्त्रणमा

नवलपरासी / वैशाख ०८
पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालय नवलपरासीले भारतबाट अवैध रुपमा परासीतर्फ ल्याउँदै गरको लाखोमूल्य बराबरको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा गर्मी प्रहरी चौकीले संयुक्त टोलीले आइतवार राति भारतीय तस्कर मलखाले अवैध रुपमा ल्याउँदै गरेको कुखुरा प्रहरीले बरामद गरेको छ ।

पाल्हिनन्दन गाउँपालिका वडा नं ५ चमनटोला स्थित नेपाल भारत सिमा नजिक गहुँ खेतमा उत्तरबाट दक्षिण तर्फ मानिसहरुले बोकी ९० कार्तुन (अं. ५,४००) कुखुराको चल्ला मुल्य रु. दुई लाख ७० हजार बराबरको लैजादै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्र.स.नि. सुमन सिह थापा र प्रहरी चौकी गेर्मीबाट प्र.स.नि. प्रबिण चौलागाईको टोली ले देखेर भारतीय तस्कर मलखा ले कुखुराको चल्ला छोडेर भागेपछि प्रहरीले बरामद गरेको थियो।

लाई देखि उक्त चल्लाहरु सोही स्थानमा छाडि मानिसहरु फरार भएपछि चल्लाहरु पशु क्वारेन्टाइन कार्यालयको समन्वयमा नस्ट गरिएको सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिनुभएको छ ।
भारत सिमा नजिक गहुँ खेतमा उत्तरबाट दक्षिण तर्फ मानिसहरुले बोकी ठूलो परिमाणमा कुखुराको चल्ला आउँदै गरेको सूचनाको आधारमा प्रहरीलाई देखेपछि तस्करहरू कुखुराको चल्ला छोडेर भारततर्फ भागेका छन् ।
बरामद गरिएको कुखुराको चल्लालाई पशु क्वारेन्टाइन महेशपुर कार्यालय को रोहवरमा खाल्डो खनेर पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तले बताएका छन् ।






भर्खरै
-
पाल्हीनन्दनद्वारा आदर्श माविलाई बस हस्तान्तरण
-
पत्रकारलाई ‘झोले’ भनेको टिप्पणीप्रति आपत्ति, नगरप्रमुख बिमला अर्यालको अभिव्यक्तिको चौतर्फी विरोध
-
नारायणी नदीको उत्खननमा बन मन्त्रालय र अख्तियारको निगरानी :- मोटो रकमको चलखेल भएको आशंका
-
श्री गोरखदल गणबाट “अभ्यास मनसुन -५” संचालन
-
मर्चवारको नहर सरसफाई अभियान: कृषिमा नयाँ आशा
-
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन बृहत सरसफाई अभियान सुरु