नवलपरासी प्रहरीले अवैध रुपमा ल्याइएका कुखुराको चल्ला नियन्त्रणमा
नवलपरासी / वैशाख ०८
पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालय नवलपरासीले भारतबाट अवैध रुपमा परासीतर्फ ल्याउँदै गरको लाखोमूल्य बराबरको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा गर्मी प्रहरी चौकीले संयुक्त टोलीले आइतवार राति भारतीय तस्कर मलखाले अवैध रुपमा ल्याउँदै गरेको कुखुरा प्रहरीले बरामद गरेको छ ।

पाल्हिनन्दन गाउँपालिका वडा नं ५ चमनटोला स्थित नेपाल भारत सिमा नजिक गहुँ खेतमा उत्तरबाट दक्षिण तर्फ मानिसहरुले बोकी ९० कार्तुन (अं. ५,४००) कुखुराको चल्ला मुल्य रु. दुई लाख ७० हजार बराबरको लैजादै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्र.स.नि. सुमन सिह थापा र प्रहरी चौकी गेर्मीबाट प्र.स.नि. प्रबिण चौलागाईको टोली ले देखेर भारतीय तस्कर मलखा ले कुखुराको चल्ला छोडेर भागेपछि प्रहरीले बरामद गरेको थियो।
लाई देखि उक्त चल्लाहरु सोही स्थानमा छाडि मानिसहरु फरार भएपछि चल्लाहरु पशु क्वारेन्टाइन कार्यालयको समन्वयमा नस्ट गरिएको सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिनुभएको छ ।
भारत सिमा नजिक गहुँ खेतमा उत्तरबाट दक्षिण तर्फ मानिसहरुले बोकी ठूलो परिमाणमा कुखुराको चल्ला आउँदै गरेको सूचनाको आधारमा प्रहरीलाई देखेपछि तस्करहरू कुखुराको चल्ला छोडेर भारततर्फ भागेका छन् ।
बरामद गरिएको कुखुराको चल्लालाई पशु क्वारेन्टाइन महेशपुर कार्यालय को रोहवरमा खाल्डो खनेर पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तले बताएका छन् ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड