प्रहरी प्रशासन
सरावलमा जरायो मारेको आरोपमा ४ जना पक्राउ
२८ चैत्र २०८१, शुक्रबार
२८ चैत्र २०८१, शुक्रबार
नवलपरासी
पश्चिम नवलपरासीको सरावल गाउपालिका-२ मनरी पट्खौली सिमाना बीचमा जरायो मारेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज विहान करिब ७ बजेको समयमा बासा बसही प्रहरी चौकी र डिभिजन वन कार्यालय परासीको सयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सरावल वडा नम्बर-२ पट्खौली निवासी ५५ बर्षिय लोकबहादुर चौधरी, ५० बर्षका विरबहादुर चौधरी, २६ बर्षका प्रदिप चौधरी र ६२ बर्षका सेवी थारुलाई रहेका छन्।


अकस्मात जंगलबाट भागेर आएको हुन सक्ने जरायोलाई मारेको विषयमा शंकाष्पद रुपमा पक्राउ परेकाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी (डिएसपी) बिरदत्त पन्तले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागी डिभीजन वन कार्यालय परासीको जिम्मामा लगाईएको उहाले बताउनुभयो।






भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड