प्रहरी प्रशासन
सरावलमा जरायो मारेको आरोपमा ४ जना पक्राउ
२८ चैत्र २०८१, शुक्रबार
२८ चैत्र २०८१, शुक्रबार
नवलपरासी
पश्चिम नवलपरासीको सरावल गाउपालिका-२ मनरी पट्खौली सिमाना बीचमा जरायो मारेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज विहान करिब ७ बजेको समयमा बासा बसही प्रहरी चौकी र डिभिजन वन कार्यालय परासीको सयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सरावल वडा नम्बर-२ पट्खौली निवासी ५५ बर्षिय लोकबहादुर चौधरी, ५० बर्षका विरबहादुर चौधरी, २६ बर्षका प्रदिप चौधरी र ६२ बर्षका सेवी थारुलाई रहेका छन्।


अकस्मात जंगलबाट भागेर आएको हुन सक्ने जरायोलाई मारेको विषयमा शंकाष्पद रुपमा पक्राउ परेकाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी (डिएसपी) बिरदत्त पन्तले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागी डिभीजन वन कार्यालय परासीको जिम्मामा लगाईएको उहाले बताउनुभयो।






भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड