नवलपरासीमा ब्राउन सुगर सहित तीन भारतीय नागरिक पक्राउ

नवलपरासी
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ३ बेलासपुरबाट लागुऔषध ब्राउन सुगरसहित तिन जना भारतीय नागरिक पक्राउ परेका छन् ।


सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलासपुरको टोलीले उनीहरूलाई शंकास्पद चेक जाँचको क्रममा बेलासपुरबाट पक्राउ गरेको हो। महेशपुरदेखि परासी आउँदै गरेको दुईवटा भारतीय मोटरसाइकलमा सवार तीनजना भारतीय नागरिकसहित १४९ ग्राम ब्राउन सुगर पक्राउ परेको छ।

पतञ्जलिको पिठो भित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त परिणामको ब्राउन सुगर बरामद गरिएको सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलासपुरका सूचना अधिकारी यज्ञमान साउथले जानकारी दिए। अहिले एक ग्राम ब्राउन सुगरको बजार मूल्य ८ देखि १० हजार रहेको र बरामद गरिएका अवैध ब्राउन सुगरको मूल्य झण्डै १५ लाख रूपैयाँ रहेको जानकारी दिनुभएको छ।

बरामद गरिएका लागू औषध ब्राउन सुगर सहित भारतीय नागरिकलाईआवश्यक कारबाहीको लागि थप अनुसन्धान भइरहेको सूचना अधिकारी साउथले खतरा न्युजलाई जानकारी दिनुभएको छ।






भर्खरै
-
भारतीय सुरक्षाकर्मिद्वारा सुस्ताबाट हुदै भारत प्रवेशमा नेपालीलाई रोक
-
सुस्ता गाउँपालिकाको हराएको फेसबुक पेज भेटियो
-
सुस्ता गाउँपालिकाको फेसबुक पेज हरायो :- पालिका भने बेखबर
-
मर्चवार मा हर्दि प्रिमियर लिग हुँदै
-
सरावलमा जरायो मारेको आरोपमा ४ जना पक्राउ
-
नवलपरासीमा ब्राउन सुगर सहित तीन भारतीय नागरिक पक्राउ