प्रहरी प्रशासन
नवलपरासी प्रहरीद्वारा १ लाख बराबर बोइलर कुखुरा नष्ट
२३ चैत्र २०८१, आईतवार
२३ चैत्र २०८१, आईतवार
नवलपरासी/ चैत्र २४
जिल्ला प्रहरी कार्यालय नवलपरासीले भारतबाट अबैध रुपमा ल्याउँदै गरेको १ लाख बराबरको बोइलर कुखुरा नष्ट गरेको छ । तीनवटा मोटरसाइकिलमा लोड गरेर ल्याउँदै गरेको बोइलर कुखुरा प्रतापपुर गाउँपालिका वडा नं २ सेमरीमा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए ।


अवैध रुपमा भारतबाट नेपाल कुखुरा ल्याउँदै गरेका व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ । नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तका अनुसार नष्ट गरिएका ब्रोइलर कुखुराको नेपाली बजार मूल्य करिब १ लाख रुपैयाँ बराबरको छ । आइतबार नियन्त्रणमा ल्याइएको कुखुरा स्थानीय भद्रभलादमी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । भने आवश्यक कारबाहीको लागि तीनवटा मोटरसाइकिल भन्सार कार्यालय महेशपुर बुझाइएको छ।







भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड