प्रहरी प्रशासन
नवलपरासी प्रहरीद्वारा १ लाख बराबर बोइलर कुखुरा नष्ट
२३ चैत्र २०८१, आईतवार
२३ चैत्र २०८१, आईतवार
नवलपरासी/ चैत्र २४
जिल्ला प्रहरी कार्यालय नवलपरासीले भारतबाट अबैध रुपमा ल्याउँदै गरेको १ लाख बराबरको बोइलर कुखुरा नष्ट गरेको छ । तीनवटा मोटरसाइकिलमा लोड गरेर ल्याउँदै गरेको बोइलर कुखुरा प्रतापपुर गाउँपालिका वडा नं २ सेमरीमा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए ।


अवैध रुपमा भारतबाट नेपाल कुखुरा ल्याउँदै गरेका व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ । नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तका अनुसार नष्ट गरिएका ब्रोइलर कुखुराको नेपाली बजार मूल्य करिब १ लाख रुपैयाँ बराबरको छ । आइतबार नियन्त्रणमा ल्याइएको कुखुरा स्थानीय भद्रभलादमी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । भने आवश्यक कारबाहीको लागि तीनवटा मोटरसाइकिल भन्सार कार्यालय महेशपुर बुझाइएको छ।







भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड