शिव पूजन बढईको स्वास्थ्यमा सुधार, परिवारद्वारा थप सहयोगको अनुरोध
बिनोद निगम / नवलपरासी
हजुरहरूको आर्थिक सहयोगका कारण शिव पूजन बढईको स्वास्थ्यमा केही सुधार आएको परिवारले जनाएको छ। तर, थप उपचारका लागि अझै सहयोग आवश्यक रहेको भन्दै परिवारले पुनः सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।
बढईको उपचार देवदह मेडिकल कलेज एण्ड रिसर्च इंस्टीट्यूट भालुहिमा भइरहेको सुजित बढाई बताए ।

शिव पूजन बढई केही समयदेखि गम्भीर बिरामी रहेका थिए। आर्थिक अभावका कारण उपचार कठिन भए पनि सहयोगी व्यक्तिहरूको साथले उनको उपचार सम्भव भएको परिवार बताउँछ। उनीहरूको अनुसार, अहिले स्वास्थ्यमा सुधार देखिएको छ तर थप उपचारको आवश्यकता रहेको छ।

यसैले, परिवारले सहयोगी मनहरूलाई पुनः साथ दिन आग्रह गरेका छन्। इच्छुक व्यक्तिहरूले प्रत्यक्ष रूपमा परिवारसँग सम्पर्क गरेर सहयोग गर्न सक्नेछन्।
सहयोग गर्न चाहनुहुन्छ भने यस माध्यमबाट पनि सहयोग ल सहयोग गरिदिनुहुनको लागि अनुरोध






भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड