सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
कृष्णनगर, चैत्र ८
कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर बाट आज खटिएको टोलीले आज विभिन्न स्थान बाट पच्हत्री हजार बराबरको अबैध सामान बरामद गरेको छ।

आज सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टमा सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के. सीको कमाण्ड्मा खटीई गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरको टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली, ल्याउँदै गरेको अन्दाजी मुल्य रु,५००००(पचास हजार) बराबरको सुर्ती, खाने तेल, चीनी, पान मसला बरामद गरीएको छ।

त्यस्तै सशस्त्र प्रहरी सहायक निरिक्षक हेमराज खत्रीको गाडी मोबाईल टोलीले कृष्णनगर नगरपालिका बहदुरगंजमा छड्के चेकिङ्ग गर्दा हार्डवयेरका बिभिन्न सामान जस्तै धारकाे टुटि, ढोकाको ह्याण्डिल, पेन्ट लगायत अन्य सामानहरु अन्दाजी मुल्य रु.३५००० (पैतीस हजार) बराबरको सामान बरामद गरीएको छ।
उक्त बरामद गरीएका खाद्यान्न र हार्डवयेरका सामानहरु गरी जम्मा रु ७५,००० (पचहत्तर हजार) बराबरको सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक अरून सिंहले जानकारी दिएका छन्।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड