सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
कृष्णनगर, चैत्र ८
कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर बाट आज खटिएको टोलीले आज विभिन्न स्थान बाट पच्हत्री हजार बराबरको अबैध सामान बरामद गरेको छ।

आज सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टमा सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के. सीको कमाण्ड्मा खटीई गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरको टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली, ल्याउँदै गरेको अन्दाजी मुल्य रु,५००००(पचास हजार) बराबरको सुर्ती, खाने तेल, चीनी, पान मसला बरामद गरीएको छ।

त्यस्तै सशस्त्र प्रहरी सहायक निरिक्षक हेमराज खत्रीको गाडी मोबाईल टोलीले कृष्णनगर नगरपालिका बहदुरगंजमा छड्के चेकिङ्ग गर्दा हार्डवयेरका बिभिन्न सामान जस्तै धारकाे टुटि, ढोकाको ह्याण्डिल, पेन्ट लगायत अन्य सामानहरु अन्दाजी मुल्य रु.३५००० (पैतीस हजार) बराबरको सामान बरामद गरीएको छ।
उक्त बरामद गरीएका खाद्यान्न र हार्डवयेरका सामानहरु गरी जम्मा रु ७५,००० (पचहत्तर हजार) बराबरको सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक अरून सिंहले जानकारी दिएका छन्।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड