बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
प्रहरी प्रशासन

इलाका प्रहरी कार्यालय लुम्बिनी‌ सक्रिय

५ चैत्र २०८१, बुधबार
५ चैत्र २०८१, बुधबार

अन्जना चौहान/लुम्बिनी

रुपन्देहीको लुम्बिनी क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले आफ्नो क्षेत्रमा शून्य शहनशिलता अपनाएको जनाएको छ । इलाका प्रहरी कार्यलयको प्रमुख प्रहरी निरिक्षक दिपक मगराठीले लुम्बिनी क्षेत्रमा बाट तस्कर शून्य गर्ने अभियान चलाएका छन् ।

खुल्ला सीमाका कारण छुटफुट भन्सार छलीका समान नियन्त्रण गर्न कठिनाई भए पनि यस अघि मर्चवारको विभिन्न नाकाबाट तस्कारी भइरहेको र लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न१३ कालिदह स्थित ककरहवा सिमा एक मात्र रहेको हुँदा ठूला परिमाणको तस्करी रोकिएको स्थानियहरुले पनि महशुश गरेका छन् । इलाका प्रहरी कार्यलय लुम्बिनीले सक्रियता को साथ उसले बरामद गरेको समानबाट पनि पुष्टि हुन्छ ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीले चालु आर्थिक वर्षमा ४ लाख ७९ हजार ४ सय ६० रुपैया बराबरको अवैध सामाग्री बरामद गरि वेलहिया भन्सार कार्यालय पठाएको छ ।

ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक दिपक मगराठीले दिएको जानकारी अनुसार किराना सामान १ लाख ८ हजार २ सय ५० रुपैया .मूल्य बराबरको जुत्ता चप्ल कपडा१ लाख बराबरको पशु चौपाय ५० हजार मुल्य बराबरको वरामत गरिएको थियो यस्तै सवारी साधन जम्मा ७ लाख ३७ हजार मूल्य बरामद गरि वेलहिया भन्सार कार्यालय पठाएको मगराठीले जानकारी दिए ।

करिब १०२० किलो मुल्य ३ लाख ४६ हजार ८ सय बराबर पर्ने ३ सय ४० गोटा बोईलर कुखुरा पशु क्वारेन्टाईन पठाएको बताए ।

कार्यालय अन्र्तगत एक मात्र सिमानाका भए पनि नजिको मर्चवारमा खुल्ला सीमाको क्षेत्र धेरै रहेको छ, सिमित श्रोत साधन र जनाशक्तिको अभावमा सम्पूर्ण नियन्त्रण गरेको दावी गर्दैन तर तस्कर र तस्करी प्रति शून्य शहनशिलता अपनाई काम गरेको छु । दिपक मगराठीले तस्करी नियन्त्रणमा स्थानियहरुको पनि ठूलो भूमिका हुन्छ यसर्थ आफ्नो गाउँ ठाउमा सुचना पाएको आधारमा काम सहर्ज हुने छ। तस्करी भइरहेको पाएमा जानकारी पाए साथ प्रहरी खबर गर्न पनि अनुरोध गरे उनले मातहतका प्रहरी चौकीहरुलाई पनि तस्करी नियन्त्रण संगै प्रहरी समुदाय साझेदारी अन्र्तगत रहि काम गर्न निर्देशन दिएको बताए ।

यस अवधिमा तस्करी र अपराध नियन्त्रण गरि शान्ती सुरक्षा संगै प्रहरीले समुदाय संग मिलेर विभिन्न सचेतनामूलक काम गरेको छ । प्रहरी मूख्यालयको निर्देशन अनुसार प्रहरी आफ्नो क्षेत्रमा यसमा दत्तचित्त भएर लागेको छ । प्रहरी निरिक्षक दिपक मगराठीले सेवाग्राही हरुलाई नागरिकता सिफारिस सर्जमिन ३ सय ६० जनालाई सेवा प्रधान गरेएका छन् । सामुदायिक प्रहरी साझेदारी अन्तर्गत जनचेतना मुलक कार्यक्रम घरेलु हिंसा, लागु औषध सेवन तथा यसबाट हुने नोक्सानीबारे, साईबर क्राईम, आत्महत्या, मानव बेचविखन, ट्राफिक सचेतना, लगायत कार्यक्रमहरुबारे जनचेतनामूलक विभिन्न कार्यक्रमहरुको आयोजना ४७२ सम्पन गरिएको थियो । भने जम्मा ३२ सय जनाहरु भन्दा बढी जन सर्व साधार लाभान्वित लिएका छन् यस्तै गरि सार्वजनिक सुनुवाई,कार्यक्रमहरु जनगुनासो प्रहरी लगायत कार्यक्रमबाट समुदायको समस्याहरु घटना बारे बुझ्ने र त्यसको न्यूनिकरणको प्रयास पनि गरिएको उनले बताए । आगलागी वार हुने सुनस्कने सम्भावित खतराबाट बच्ने लागि ३ सय जनाहरु भन्दा बढी नागरिकहरुलाई प्रशिक्षित गरेको मगराठीले बताएका थिए ।

इलाका प्रहरी लुम्बिनीले फरा प्रतिवादी पक्राउ अभियान अन्र्तगत बिभिन्न मितिमा बिभिन्न अपराधमा फरार रहेका ३८ जना ब्यक्तिलाई पक्राउ गरेको छ । यसबाट २५ वर्ष ४ महिना २५दिन कैद र ५१ लाख १४ हजार ८ सय २ रुपैया बराबरको जरिवाना तिराउन सफल भएको छ । इलाक़ा प्रहरी कार्यालय लुम्बिनीको नियनित क्षेत्रधिकार भित्र पर्ने नगर एरिया अन्तर्गत घटने
घटनाहरुमा आफुहरु सधै सकृय भएर खोजतलास गरी दोषीलाई कानुनको धारा अनुसार कार्रवाही गरेको कतिपय घटनाको सुचना समयमा नपाउदा कसुदार व्यक्ति फरार भएको हुन्छ कुनै पनि घटनामा शका लागेमा जानकारी गराउन आम नागरिक स्थानीयमा माथि अग्रह समेर गर्नु भएको छन्।

लेखकको बारेमा