होली पर्वको शुभकामना सहित इ.प्र.का गणेशपुरको अनुरोध
कृष्णनगर, फाल्गुन २९
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले होली पर्वको शुभकामना सहित आम समुदायमा शभ्य रूपमा होली पर्व मनाउन अनुरोध गरेका छन्।

इलाका प्रहरी कार्यालय गणेशपुरले जारी गरेको शुभकामना सहित अनुरोधमा भनिएको छ। होली पर्वमा कसैको इच्छा विपरीत रंग र अबिर नलगाऔं,अपरिचित व्यक्ति हरू संग होली नखेलौं, होली पर्वमा मदिरा लगायत अन्य नशालु पदार्थको सेवन नगरौं, होलीको नाममा उच्च श्रृंखल कार्य नगरौं, छाला तथा आखां लाई असर गर्ने केमिकल युक्त रंग तथा अबिरको प्रयोग न गरौँ, महगा गर गहना लगएर होली नखेलौं, ट्राफिक नियमको पाल्ना गरौँ आफू बचौं र अरूलाई बचाऔं जस्ता सचेतनामूलक सन्देश जारी गरिएको छ। साथै नियम विपरीत कार्य गर्ने व्यक्ति को जानकारी प्रहरी लाई दिन समेत अनुरोध इप्रका गणेशपुरले गरेको छ।






भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड