समाचार
अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न
२८ फाल्गुन २०८१, बुधबार

२८ फाल्गुन २०८१, बुधबार
कपिलवस्तु , फल्गुण २८
अवधी पत्रकार संघ नेपालकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
रक्त संचार केन्द्र बुटवलकाे प्रविधिक सहयाेग र अवधी पत्रकार संघ कपिलवस्तु शाखाकाे आयाेजनामा एकदिने रक्तदान कार्यक्रम शिवराज अस्पताल बहादुरगंजमा सम्पन्न भएकाे सचिव बृजेश यादवले बताउनुभएको छ ।

कुल ५५ जनाकाे सहभागिता रहेकाे उक्त कार्यक्रममा
३३ जना ले मात्र रक्त दान गरेका थिए भने बाकी सहभागी मध्ये ब्लड प्रेसर, सुगर लगायतका विरामीले रक्त दान गर्न नपाउने रक्त संचार केन्द्रका प्राविधिकले आग्रह गरेका थिए ।

रक्त दान जीवन दान सरह रहेकाेले हामीले दिएकाे रगत समुहका अधारमा केन्द्रमा संकलन हुन्छ र पछि कुनै प्रकारकाे राेग व दुर्घटना भएमा केन्द्रबाट सजिलै पाइने अवधी पत्रकार संघ कपिलवस्तु शाखाका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभयो ।







भर्खरै
-
लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त
-
जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन
-
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
-
बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
-
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु
-
इलाका प्रहरी कार्यालय लुम्बिनी सक्रिय