नवलपरासीमा होलीलाई मर्यादित बनाउन प्रहरी सक्रिय
ज्ञानेश्वर सहानी/ नवलपरासी
जिल्ला प्रहरी कार्यालय नवलपरासीले होलीमा सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होलीको अवसरमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो ।

होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिए ।

एसपी फुयालले सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबर्जस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा सो कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारिएको फुयालले बताए ।
होली पर्वलाई लक्षित गर्दै ठाउँ ठाउँमा प्रहरी खटाएको छ । सुरक्षा व्यवस्थाका लागि आवश्यकता अनुसार चेक प्वइन्टहरु थप्दै जाने र उच्छृङ्खल गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकारी बिरदत्त पन्तले जानकारी दिनुभएको छ। जिल्लाभरुका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई पनि गस्ती गर्न निर्देशन दिइएको उनले बताए ।
मा.प.से. गरी मोटरसाइकिल चलाएको, तिन जना सवार, हेल्मेट नलाएको, ओभर स्पिड जस्ता ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताउनुभएको छ।
होलीमा मदिराको उत्पादन र प्रयोग पनि बढ्न सक्ने हुँदा त्यसलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ । प्रहरीले फागु पूर्णिमाको अवसरमा सभ्य र मर्यादित ढङ्गले सुरक्षित रूपमा घर परिवार, साथीभाइमै होली पर्व मनाउन आग्रह गर्दै कहीँ कतै अमानवीय गतिविधि भएमा सय नम्बरमा सम्पर्क गर्न अपिल गरेको छ ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड