The Human Love Charity Fund द्वारा : ५ विवाहमा सहयोग, १ सम्पन्न, ४ बाँकी
दिपेन्द्र चौधरी सहनी/पर्सा
पर्सा। The Human Love Charity Fund ले हालै धोबिनी-१, भिखमपुर निवासी लोटन पटेलकी छोरीको विवाहमा खानपान र आर्थिक सहयोग प्रदान गरेको छ। यो पाँच विवाह समारोहमध्ये पहिलो विवाह थियो, र बाँकी चारवटामा पनि सहयोगका लागि अपील गरिएको छ।

यो सहयोग कार्यमा विशेष भूमिका निभाउने युवाहरू बिकाश कुमार, अजय पटेल, सूर्य ठाकुर र अनिल पटेल रहेका छन्। उनीहरूको सक्रिय सहयोग र नेतृत्वले विवाह समारोहलाई सफल बनाउन ठूलो मद्दत पुर्याएको छ। संस्थाले भने, “हामी सबैको सहकार्य र समाजसेवी युवाहरूको योगदानले यो कार्य सम्भव भएको हो।”

संस्थाका अध्यक्ष एजाज अंसारीले आगामी चारवटा विवाहका लागि थप सहयोगका लागि सबैलाई अपील गर्दै भने, “हामीले पाँचवटै विवाहमा सहयोग गर्ने जिम्मेवारी लिएका छौं र बाँकी चारवटा विवाहहरूमा पनि हामी सक्दो सहयोग गर्नेछौं। यस कार्यलाई अघि बढाउन हामी सबैको सहयोगको आवश्यकता छ।”
स्थानीय बासिन्दाहरू र समाजका विभिन्न सदस्यहरूले The Human Love Charity Fund को यस कार्यको उच्च मूल्याङ्कन गर्दै, यसले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड