The Human Love Charity Fund द्वारा : ५ विवाहमा सहयोग, १ सम्पन्न, ४ बाँकी
दिपेन्द्र चौधरी सहनी/पर्सा
पर्सा। The Human Love Charity Fund ले हालै धोबिनी-१, भिखमपुर निवासी लोटन पटेलकी छोरीको विवाहमा खानपान र आर्थिक सहयोग प्रदान गरेको छ। यो पाँच विवाह समारोहमध्ये पहिलो विवाह थियो, र बाँकी चारवटामा पनि सहयोगका लागि अपील गरिएको छ।

यो सहयोग कार्यमा विशेष भूमिका निभाउने युवाहरू बिकाश कुमार, अजय पटेल, सूर्य ठाकुर र अनिल पटेल रहेका छन्। उनीहरूको सक्रिय सहयोग र नेतृत्वले विवाह समारोहलाई सफल बनाउन ठूलो मद्दत पुर्याएको छ। संस्थाले भने, “हामी सबैको सहकार्य र समाजसेवी युवाहरूको योगदानले यो कार्य सम्भव भएको हो।”

संस्थाका अध्यक्ष एजाज अंसारीले आगामी चारवटा विवाहका लागि थप सहयोगका लागि सबैलाई अपील गर्दै भने, “हामीले पाँचवटै विवाहमा सहयोग गर्ने जिम्मेवारी लिएका छौं र बाँकी चारवटा विवाहहरूमा पनि हामी सक्दो सहयोग गर्नेछौं। यस कार्यलाई अघि बढाउन हामी सबैको सहयोगको आवश्यकता छ।”
स्थानीय बासिन्दाहरू र समाजका विभिन्न सदस्यहरूले The Human Love Charity Fund को यस कार्यको उच्च मूल्याङ्कन गर्दै, यसले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड