परासी प्रेस क्लबको प्रथम अधिवेशन् सम्पन्न, अध्यक्षमा पौडेल सर्वसम्मत

नवलपरासी
पश्चिम नवलपरासीको परासी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिबेसन सम्पन्न भएको छ ।क्लबका अध्यक्ष बेजु गौंडको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै समन्वय प्रमुख यादवले पत्रकारले समचार सम्प्रेषण गर्दा निष्पक्ष र स्वतन्त्र रुपमा सत्यततामा आधारित रहेर मात्र लेख्न आग्रह गर्नुभएको छ। उहाले गाउ समाजमा भए गरेका नकारात्मक गतिबिधिभन्दा पनि सकारात्मक कुरामा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

प्रथम अधिवेशनले निर्विरोध ९ सदस्सिय नया कार्य समिती चयन गरेको छ । जसको अध्यक्षमा मोहन पौडेल निर्वाचित हुनुभएको छ । यसअघि उहा क्लबको महासचिव रहनुभएको थियो । यस्तै उपाध्यक्षमा सुरेश यादब, महासचिवमा रन्जित शर्मा, सचिवमा गौरीशंकर जयसवाल, कोषाध्यक्षमा डोल कुमारी चौधरी चयन हनुभएको छ। अन्य चार सद्स्यहरुमा महेश यादब,सुरेश यादब,रामकरण हरिजन र अभिषेक राव रहेका छन् ।

तीन बर्षे कार्यकाल रहेको क्लबको सल्लाहकारहरुमा टिकाराम गैरे, बेचु गौड, पुरुषोतम सुबेदी, नारायण सुबेदी रहनुभएको छ ।
कार्यक्रममा रामग्राम नगरपालिकाका कार्यबाहक नगरप्रमुख सम्झना चौधरी, नेपाल उधोग बाणिज्य संघका केन्द्रीय सदस्य केशब भण्डारी, उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नेपाल प्रेस युनियका जिल्ला अध्यक्ष उमेश वि.क., रास्वपाका जिल्ला प्रतिनिधी तथा सामाजिक अभियन्ता रबि पाण्डेयलगायतले बोल्नुभएको थियो ।





भर्खरै
-
प्रतापपुर पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा
-
भैरहवा स्थित अक्वा पार्कको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग