सशस्त्र प्रहरीद्घारा सुस्तामा निशुल्क स्वास्थ्य शिविर


सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नवलपरासीमा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ४२२ जना सीमावासीको स्वास्थ्य परीक्षणसँगै औषधी वितरण गरेको छ । शिविरमा ४२२ जना महिला र रुषको उपचार गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर बेलासपुर, नवलपरासीले सुस्ता गाउँपालिकाको वडा नः.५ दिपक माध्यमिक बिद्यालयमा स्वास्थ्य शिविर सन्चालन गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर ,देवदह मेडिकल कलेज र ल्यानस क्लब अफ बुटवल शुभारम्भको संयुतm आयोजनामा कार्यक्रम भएको हो ।

शिविरमा ४२२ जनाको निःशुल्क उपचार गर्नुका साथै महिल तथा प्रसुति ,छाला ,हाड ,नशा, र दात सम्बन्धी विभिन्न प्रकारका औषधी निःशुल्क वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर बेलासपुर नवलपरासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो।


सो शिविरमा जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यता तथा सुस्ता गाउँपालिका अध्यक्ष ,जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।








भर्खरै
-
पाल्हीनन्दनद्वारा आदर्श माविलाई बस हस्तान्तरण
-
पत्रकारलाई ‘झोले’ भनेको टिप्पणीप्रति आपत्ति, नगरप्रमुख बिमला अर्यालको अभिव्यक्तिको चौतर्फी विरोध
-
नारायणी नदीको उत्खननमा बन मन्त्रालय र अख्तियारको निगरानी :- मोटो रकमको चलखेल भएको आशंका
-
श्री गोरखदल गणबाट “अभ्यास मनसुन -५” संचालन
-
मर्चवारको नहर सरसफाई अभियान: कृषिमा नयाँ आशा
-
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन बृहत सरसफाई अभियान सुरु