बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
प्रहरी प्रशासन

नेपाल प्रहरीले तस्कर समाउने – सशस्त्र प्रहरीले पैसा कमाउने

२३ फाल्गुन २०८१, शुक्रबार
२३ फाल्गुन २०८१, शुक्रबार

नवलपरासी / फागुन २३

पश्चिम नवलपरासीको सीमा क्षेत्रमा तस्करी व्यापक रुपमा चलेको छ। तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने र नेपाल प्रहरीले तस्कर समाउने खेल चलिरहेको छ।

इलाका प्रहरी कार्यालय बर्दघाट ले हिजो फागुन २२ गते सरावल गाउँपालिका वडा नं १ हर्कट्टा पुल नजिकबाट ४६ कार्टुन मा ६२५६ गोटा अन्दाजी ६ लाख २५ हजार ६०० बराबरको बोइलरको कुखुराको चल्ला बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले फागुन १७ गते पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ गेरमा बाट १६ लाख ४ हजार बराबरको विष कार्टुन मोबाइल टेम्पर ग्लास समातेको थियो भने ६ महिनामा ७ करोड ४३ लाख ९ हजार ६९२ रुपैयाँको बराबरको राजेश्वर उठाएको छ।

साउन महिनामा ६९ लाख ३ हजार ५ सय ७५ रुपैयाँ, भादो महिनामा ३२ लाख २२ हजार ५ सय २० रुपैयाँ , असोज महिनामा ६६ लाख ९६ हजार ४ सय ४० , कार्तिक महिनामा ७७ लाख ९६ हजार ५९ हजार ३ सय २२ रुपैयाँ, मङ्सिर महिनामा ६१ लाख २७ हजार ५ सय ४० रुपैया , पुष महिनामा १ करोड ७३ लाख ३७ हजार ६ सय ७२ रुपैयाँ र माघ महिनामा दुई करोड ७३ लाख ६२ हजार ६ सय १६ रुपैयाँ बराबरको राजस्व बुझाएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।

सशस्त्र प्रहरीका बीओपी प्रमुखहरू ले तस्करी नभएको दाबी गर्दै आएका छन् जबकि जिल्ला प्रहरी कार्यालय नवलपरासीले ६ महिनामा ६ महिनामा ७ करोड ४३ लाख ९ हजार ६९२ रुपैयाँको बराबरको राजेश्वर उठाएको छ।

नवलपरासीमा शसस्त्रका एसपी आए संगै सीमावर्ती क्षेत्रमा खैलाबैला माच्ने सम्भवना थियो । तर खासै खैलाबैला माचेको देखिएको छैन सानालाई ऐन ठूलालाई चैन भएको छ । दैनिक रुपमा प्रयोग घरायसी समानको मात्रै नियन्त्रणमा लिएको देखिएको छ । रातीको समयमा पिकअप र टेक्टर बाट अबैध समान ओसारपोसार गरेको पाईन्छ तर सानो परिमाणमा दैनिक गुजरा गर्नेको समान मात्र नियन्त्रणमा लिएको नवलपरासीमा छर्लङ छ ।

एसपीले आफ्नो मातहतका गुल्मपति र बिओपीपतिका बिश्वस भने लागेको छैन त्यही भएर होला आफै मोटरसाईकल मै सिबिल पोसाक मै गस्ती गरेको छन । एक साता भित्रामा मोटरसाइलकलमा सानो परिमाणका समान मात्र नियन्त्रण लिएका छन केहि दिन अगाडी एसपी रायमाझी आफै २० केजी कुखुरा सहित मोटरसाइकल भन्सार बुझाइएको छन्।

हरेक दिन एसपी रायमाझी आफै मोटरसाईकलमा गस्ती गरिरहेकाले मोटरसाईकलमा भने तस्कारी रोकिएको छ । तर भरी मात्रमा हुने तस्करी रोकिएको छैन ।

हरपुरका गुल्मपती मनोज चन्दले सबै बिओपीलाई तस्करी  नियन्त्रण गर्न आदेश दिएपनी रातीको समयमा बिओपीपति ले तस्करी गर्ने समय निर्धारण गरि गराउने गरेको स्थानीय ले बताए । डिएसपी कडा छ्न थाह पाए गाली खाईन्छ भेनर रातिको १२ बजे पछि गर्नु आदेश आएको एक सशस्त्र प्रहरीले एक तस्करीले भने।

बलिनगर बीओपीका ईन्सपेक्टर सुवास अधिकारी , गुठीपर्सौनी बीओपीका ईन्सपेक्टर अजय सुनार,सेमरी बीओपीका ईन्सपेक्टर बुद्ध श्रेष्ठ र भुजहवा बिओपीका ईन्सपेक्टर भगवत खड्काले महिनावरी कमिशन लिए पनि एसपी रायमाझी आएकोले अरु काम गर्ने र अरु काम नगर्नु एक छिन महाल गरम छ पछि मिलाउला भनेका एक ब्यापारीले बताए ।

सीमा अपराधलाई नियन्त्रण गर्न मुलुकको अन्तर्राष्ट्रिय सीमानामा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । त्यसका अतिरिक्त नेपाल प्रहरीले चेकजाँच र गस्ती पनि उत्तिकै गर्दै आएको छ । यति हुँदाहुँदै पनि सीमा क्षेत्रबाट दिनरात पिकअप र साना ट्रकमा खुलेआम चोरी तस्करी कार्य भइरहेको दृश्य पनि सार्वजनिक भएको थियोे ।

डिउटीमा सशस्त्र प्रहरी खटिएको भएता पनि उनीहरु केवल तस्करहरुको सुरक्षामा खटिएको जस्तो देखिएका छ। उनीहरुको आँखै अगाडि तस्करी भइरहेदा पनि केही पनि सोधपुछ नगरी निर्बाध आवतजावत गर्न दिइएको थियो।

नेपाल र भारतको सिमानाका सशस्त्र प्रहरीकै कारण बदनाम बन्दै गएको छ। सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएर आउँदा नेपाल प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिने गरेकोबाट पनि तस्करी व्यापक मात्रामा फस्टाएको पुष्टि हुन्छ।

यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रशासनहरु ले किन मौन भएर बस्नु को अर्थ के होला ।स्थानीय प्रहरी प्रशासन कै मिलोमतो मा यस्ता कार्य अबैध रुपमा भइरहेको छ।

तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए नेपाल भित्राउने गरेको एक युवाले बताए । यसको रहस्य के होला। दैनिक रूपमा तस्करी हुनु कारण मासिक कमिसन नै हो । सुत्रको अनुसार प्रत्यक तस्करी संग मासिक रुपमा कमिसन लिने गरेको पाईन्छ ।

नवलपरासीमा जिल्ला भर पछिल्लो समय अबैध सामान ओसारपसारमा कमि आएता पनि सिमावर्ती प्रहरीको मिलिमतोमा दैनिक रुपमा तस्करी हुँदा पनि सशस्त्र प्रहरी भने बेखबर जस्तैः छ ? सिमावर्ति सशस्त्र प्रहरी कै मिलोमतोमा यस्तो अबैध कार्य भइरहँदा नियमन नगर्न्र निकायले कारबाही गर्ला कि नगर्ला ?
उता, राजस्व चुहावट नियन्त्रण गर्ने निकाय राजस्व अनुसन्धान कार्यालय पनि यो बेथितीका अगाडि निकम्मा जस्तै देखिएको छ । ।
फागुन १३ गतेको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरमा भएको घटनामा सशस्त्र प्रहरीको लापरवाहीले गर्दा नेपाल प्रहरीको गाडीमा आग्जनी भएर नष्ट भएको छ भने घटनामा एकजनाको गाडीले किचेर मृत्यु हुँदासम्म सशस्त्र प्रहरी मुख्यदर्शकको रुपमा रहेको जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादव ले बताउनुभएको छ।

लेखकको बारेमा