सक्कली र नक्कली अण्डा कसरी चिन्ने ?, नक्कली अण्डाले हुन्छ स्वास्थ्यमा गम्भीर असर
जाडो मौसममा अण्डाको माग र खपत बढ्ने गर्छ। अण्डाले गर्मी हुने भएकाले यसलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ। तपाईंले पनि पक्कै जाडोमा अण्डा उसिनेर, अम्लेट बनाएर खाने गर्नुभएकै होला ।
अण्डामा पाइने भिटामिन, मिनरल्स, क्याल्सियम र प्रोटिनका कारण अण्डालाई सुपरफुड पनि भनिन्छ। तर, अण्डाको अत्यधिक मागका कारण कतिपय व्यापारिक व्यक्तिहरूले नक्कली अण्डा बेच्न सक्छन्। यी अण्डा रसायन तथा कृत्रिम वस्तुबाट बनाइएका हुन्छन् र स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छन्।

नक्कली अण्डा बनाउन जिलेटिन, कृत्रिम रङ र अन्य रसायन प्रयोग गरिन्छ। जसले कलेजो र मिर्गौलामा क्षति पुर्याउन सक्छ। यसले रसायनजन्य एलर्जी पनि गराउन सक्छ। यस्ता नक्कली अण्डाको सेवनबाट जोगिन तपाईंले केही सजिलो उपाय अपनाउन सक्नुहुन्छ।

सक्कली र नक्कली अण्डा छुट्याउने सजिला तरिकाहरू:
१. अण्डाको बोक्रा हेर्नुहोस्
असली अण्डाको बोक्रा अलि खस्रो र दानेदार हुन्छ।
नक्कली अण्डाको बोक्रा एकदम चिल्लो र चम्किलो हुन्छ।
२. अण्डालाई हल्लाएर जाँच गर्नुहोस्
असली अण्डा हल्लाउँदा कुनै आवाज आउँदैन।
नक्कली अण्डा हल्लाउँदा पानी बगिरहेको जस्तो आवाज आउन सक्छ।
३. बोक्राको बलियोपन जाँच्नुहोस्
असली अण्डाको बोक्रा सजिलै फुट्छ र भित्र पातलो झिल्ली हुन्छ।
नक्कली अण्डाको बोक्रा कडा हुन्छ र फुट्दा प्लास्टिकजस्तो लाग्छ।
४. अण्डाको पहेँलो भाग जाँच्नुहोस्
असली अण्डाको पहेँलो भाग गोलो र कडा हुन्छ।
नक्कली अण्डाको पहेँलो भाग चिप्लो हुन्छ र सजिलै फुट्न सक्छ।
यी तरिकाहरू अपनाएर तपाईंले असली र नक्कली अण्डा सजिलै छुट्टयाउन सक्नुहुन्छ। नक्कली अण्डा सेवन गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ, त्यसैले सतर्क रहनुहोस्।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड