बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
प्रहरी प्रशासन

पश्चिम नवलपरासीमा प्रहरी नेतृत्व परिवर्तन, डीएसपी बोहरा सरुवा, पन्त आउँदै

१९ फाल्गुन २०८१, सोमबार
१९ फाल्गुन २०८१, सोमबार

ज्ञानेश्वर सहानी /नवलपरासी

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराको काज सरुवा भएको छ। उनको स्थानमा डीएसपी बिरदत्त पन्त आउने भएका छन्।

प्रहरी प्रधान कार्यालयले आइतबार सरुवा निर्णय गरेको हो। नियमित काज सरुवाअन्तर्गत बोहरा अन्यत्र सरुवा भएका हुन् भने पन्तलाई पश्चिम नवलपरासीको सुरक्षा नेतृत्वको जिम्मेवारी दिइएको छ।

डिएसपी रेशम बोहरा सिमा क्षेत्रको अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि सुरक्षित नवलपरासी अभियान’सुरु योजना निर्माण गरिएको छ ।

सुरक्षित नवलपरासीका लागि अपराधहरुको प्राथमिकीकरण गर्दैै योजना तयार गरेको हो । जसका लागि सुरक्षित र अपराधरहीत नवलपरासीका लागि विभिन्न उच्च अपराधको प्राथमिकीकरण गरिएको छ ।

डिएसपी‌ का अनुसार सुरक्षित नवलपरासीका लागि सूचकहरु अघि सारिएको छ । नवलपरासी प्रहरी अब मिसन र भिजनसहित सरोकारवालाहरुको समन्वयमा अपराधको प्राथमिकीकरण र अपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरणका लागि योजना अघि सारेको उनको भनाइ छ ।

नवलपरासी प्रहरीका अनुसार यहाँको मुख्य समस्या लागुऔषध दुव्र्यसन हो । लागुऔषध दुव्यर्सन तथा ओसारपोसार रोक्न समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवनकर्तालाई मनोसामाजिक परामर्श र लागुऔषधविरुद्ध सचेतना फैलाउने कार्यक्रम गर्ने योजना छ ।

दोस्रो ठूलो समस्याको रुपमा सवारी दुर्घटना रहेको नवलपरासी प्रहरीको निष्कर्ष छ । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ र मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता दिइएको पाण्डेय बताउँछन् । आत्महत्या, सवारी दुर्घटना, चोरी तथा चोरी निकासी, साइबर अपराध लागुऔषध दुव्यर्सन तथा ओसारपोसार र महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य अपराध सूचकका रुपमा वर्गीकरण गरिएको छ ।

समस्या मात्रै होइन समस्या समाधानका उपायसमेत सुरक्षित नवलपरासी अभियानमा समावेश छ । नवलपरासी प्रहरीको सुरक्षित नवलपरासी र अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि गरिने क्रियाकलापसमेत उल्लेख गरिएको छ । यहाँको तेस्रो समस्याको रुपमा आत्महत्या रहेको उनले बताए । आत्महत्या रोकथामका लागि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने प्रहरीको योजना रहेको छ । आत्महत्या न्यूनीकरणका लागि पनि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतनालाई महत्त्व दिइएको छ ।

यसैगरी महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य प्राथमिकता दिएको प्रहरीले त्यसका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र शून्य सहनशीलता अपनाउने जनाएको छ । चोरी तथा चोरी निकासी नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र चोरी निकासमा संलग्न उपर कारबाहीलाई प्राथमिकता दिइएको छ । यस्तै साइबर अपराध न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र सामाजिक सञ्जाल प्रयोगमा सचेतना बढाउने समेत बोहराले जनाएको छन् ।

यस्तै सुरक्षित नवलपरासीको लागि काम सुरु भएको उनले बताए । यसलाई अभियान कैरुपमा लागु गरिने उनले बताएका छन् । पहिलो सूचकको रुपमा प्रहरी र जनताको अनुपातको विश्लेषण गरिएको छ । अहिले जिल्ला प्रहरी कार्यालयमा कार्यरत जनशक्तिले एक जना प्रहरी ले यस क्षेत्रका ८ सय ३२ जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको बोहराको भनाइ छ ।

दोस्रो नम्बरमा प्रहरी र जनताको सम्बन्ध जनसंख्या र अपराधिक घटनालाई न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘अहिले हिरासतमा धेरै व्यक्ति छन् । उनीहरु विभिन्न अपराधमा मुछिएका छन् । अहिले हाम्रोमा रहेको संख्याको अनुपात धेरै छ । यसरी हेर्दा यो क्षेत्र अपराधको प्रमुख स्थल बन्दै गएको देखिन्छ । यो रोक्ने अभियान हो,’ उनले भने ।यस्तै सुरक्षा जनशक्ति, जनताको सचेतनाको अवस्था, प्रहरीहरुको संरचना र स्रोत साधनको उपलब्धतालाई पनि ध्यान दिइएको उनले बताए ।

डीएसपी बोहराले जिल्लामा रहँदा शान्ति सुरक्षाको सुदृढीकरण, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए। नयाँ आउन लागेका डीएसपी पन्त यसअघि विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत थिए।

नयाँ प्रहरी नेतृत्व आएपछि जिल्लाको सुरक्षा रणनीतिमा के कस्ता परिवर्तन हुनेछन् भन्ने चासो बढेको छ। प्रहरी कार्यालयले छिट्टै औपचारिक रूपमा पद हस्तान्तरण कार्यक्रम गर्ने तयारी गरिरहेको छ।

लेखकको बारेमा