कृष्णनगरमा जरा अभियान वडा केन्दीत वडा नं ३ बाट शुभारंभ
कृष्णनगर, फाल्गुन १७
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा बाट आज नेकपा एमालेको जरा अभियान वडा केन्द्रितको शुरूवात भएको छ।

इम्तीयाज अहमद खानको अध्यक्षता तथा प्रमुख अतिथिमा

नेकपा एमालेका केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव, विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य जगदीश प्रसाद गुप्ता, अतिथिमा कुष्णनगर नगर कमिटी इन्चार्ज शिवप्रसाद गुप्ता, जिल्ला कमिटी सदस्य माबुद खान जिल्ला कमिटी सदस्य बाबुराम सापकोटा जिल्ला कमिटी सदस्य कमरेड कुष्णकुमार गुप्ता जिल्ला कमिटी आथिर्क बिभाग सदस्य रितेश शर्मा, नेकपा( एमाले) कुष्णनगर नगर अघ्यक्ष गोपाल प्यारे चन्देल नगर कमिटी उपाध्यक्ष समसुल हुदा नगर सचिव दिपेन्द्र चौधरी लगायतको अतिथ्यमा कार्यक्रम समापन गरिएको थियो।

प्रमुख अतिथी श्रीवास्तवको उपस्थितमा वडा अधिवेशन समेत समपन्न गरिएको थियो। वडा नं ३ कमिटी इम्तीयाज अहमद खानको अध्यक्षता १५ सदस्यि वडा कमिटी गठन गरिएको छ।
कार्यक्रममा लगभग ३५ जनाले विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेको जानकारी गराइएको छ। कार्यक्रममा बोल्दै अधिकांश वक्ता हरूले नव निर्वाचित वडा कमिटी लाई हार्दिक बधाई दिदैं पार्टीलाई अझै शसक्त ढंगले अगाडि लगि हरेक क्षेत्रमा पार्टी लाई अगाडि लैजानुपर्ने बताए।

वडा न० ३ वडाध्यक्ष सगिर अहमद खान लगायत पार्टी समर्थक हरूको बाक्लो उपस्थित रहेको थियो।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड