बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
पाल्हीनन्दन गाउँपालिका

प्रेम विवाहले बन्यो पाल्हीनन्दन युद्ध भूमि; सिडियोको आश्वासन पछि मृतक परिवारले सव बुझ्यो

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार

नवलपरासी/ १५ फाल्गुन

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर सोमवार साँझ देखि युद्ध भूमिको रूपमा रूपान्तरण भएको थियो।

कुश्मा गाँउ बस्ने सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबी बीचको प्रेम सम्बन्ध र विवाहले नित्याएको आक्रोस थियो, मंगलबारको घटना । धोबीले खातुन संग भगाएर प्रेम विवाह गरे पछि केटा र केटी पक्षबीच करिब तीन/चार महिनादेखि विवाद हुँदै आउँदै मंगलवार रणभूमिको रूपमा रूपान्तरण भयो।
एउटा जोडीले भागेर विवाह गरेको विषयलाई लिएर मंगलबार दिनभर नवलपरासी पश्चिम तनावग्रस्त बन्यो । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको भ्यान नै जलाइदिए । जनताको सुरक्षा गर्नुपर्ने प्रहरीले आफ्नै गाडीको सुरक्षा गर्न नसकेको भन्दै आलोचना समेत भयो । प्रहरीले भने प्रदर्शनकारीको ज्यान जोगाउन खोज्दा भ्यान जलेको बताएका छन् ।

विगत ३/४ महिना देखि यो प्रेम विवाहले घटना निन्ताउँदै आएको थियो। ३ महिना पहिला केटीको कान्छी आमाको श्रीमानले केटाको बुवालाई गम्भीर रूपमा कुटपिट गरेका थिए। पछि वार्ड कार्यालय र ईलाका प्रहरी कार्यालयको रोहबरमा दुई/दुई पटक क्षलफल गराए पछि केही दिन अवस्था शान्त थियो तर उक्त केटी परिवारको एक थप केटी त्यही केटा पक्षको खानदानमा पर्ने केटा संग भाग्यो त्यस पछि सोमवार साँझ केटाको दाईलाई त्यही व्यक्तिले एक्लै भेटी पुनः ज्यान मार्ने उद्देश्यले कुटपिट गर्यो र निज उपचार पछि मंगलवार विहान यो गम्भीर घटना घट्यो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी ज्ञानेन्द्र फुयालका अनुसार सोमबार मात्रै केटी पक्षले केटाका भाइलाई ‘हाम्री छोरी कहाँ बेपत्ता पारिस्’ भन्दै कुटपिट गरेका थिए । पटक पटक कुटपिटको सुनें पछि गाउँका केही व्यक्ति केटाको लागि कुटपिट गर्न केटी पछिको घर पुगे। त्यस पछि गाली गलौच सँगै माथि तल दुवै तर्फ बाट इट्टा ढुङ्गा प्रहार भए पछि त्यही बेला झडप भएको प्रहरीको भनाइ छ ।

केटीका दाइले पिकअप भ्यानले किचि कीची दुई जनालाई गम्भीर घाइते समेत बनाएका थिए । घाइते मध्ये विजय धवलको मृत्यु भएको छ । गाडीबाट कीचि घाइते भएका अर्का व्यक्ति वैद्यनाम लौनियको भने उपचार भइरहेको नवलपरासी पश्चिमका एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

त्यसपछि केटा पक्षले केटीको दाइको कवाडी पसलमा आगजनी गरेका थिए । त्यस पछि बारम्बार कुटपिट गर्ने केटीको कान्छी आमाको श्रीमान् मोहरम पावरियालाई प्रहरीले उद्धार गरेर लैजाने क्रममा प्रहरीको भ्यान जलेको प्रहरीको भनाइ छ । उक्त पसलमा आगजनी भएपछि छतमा रहेका मोहरम पबरियालाई इलाका प्रहरी कार्यालय महेशपुरको टोलीले उद्धार गरेको थियो ।

पबरियालाई उद्धार गरी प्रहरीले भ्यानमा हालेर सुरक्षित स्थानतर्फ लैजाँदै थियो । त्यही बेलामा प्रदर्शनकारीहरुको आक्रमणमा भ्यान परेको नवलपरासी पश्चिमका सहायक सीडीओ भविश्वर घिमिरे बताए।

प्रदर्शनकारीले भ्यान रोकेपछि प्रहरी पबरियालाई जोगाउन लागे पछि निशानामा प्रहरीको भ्यान परेको बताइन्छ । भ्यान जलाएको आरोपमा सुरुमा ५ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ थियो हाल २ जनाको कुनै संग्लनता न भए पछि हिजो दुई जनालाई छोडेका छन् । सरकारी सम्पत्ति नष्ट गरेकाले उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

मंगलबारको घटनालाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रु ग्याँस प्रहार गरेको थियो । सशस्त्र प्रहरीले पनि ६ राउन्ड अश्रु ग्यास र १ राउन्ड हवाई फायर गरेको थियो । झडपमा ८ नेपाल प्रहरी र ८ सशस्त्र प्रहरी घाइते भएका थिए ।
बेलैमा सजगता अपनाएर स्थिति नियन्त्रणमा लिएकाले ठूलो क्षति हुनबाट जोगिएको सुरक्षाका निकायको विश्लेषण छ । सुरुमा दुई परिवारको द्वन्द थियो तर पछि ‘दुई समुदाय बीच द्वन्द्व भएर स्थिति भड्किने अवस्था थियो । तर हामीले संयमता अपनाउँदै बेलैमा स्थिति नियन्त्रणमा लिएकाले ठूलो दुर्घटना हुन पाएन,’ एसपी ज्ञानेन्द्रले भने ।

स्थिति नियन्त्रणमा लिनका लागि १ सय ७८ जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाको भनाइ छ । नवलपरासीकै छिमेकी जिल्लाहरुबाट समेत प्रहरीको टोली मगाइएको थियो । हाल पनि ३ दिन देखि घटनाको ३ स्थलमा प्रहरी परिचालन गरिएको छ।

कसरी घट्यो घटना; सुरुवाती विवरण के हो ?
यो घटना एक धोबी र मुस्लिम परिवार बीचको हो। जिल्लाको पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा बस्ने मोहरम पावरियाको मौसीकी छोरीकी छोरी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबी बीच विगत लामो समयदेखि प्रेम सम्बन्ध थियो। त्यही प्रेम सम्बन्ध र विवाहले नित्याएको आक्रोसले मंगलबारको घटना घटेको हो। धोबीले खातुन संग प्रेम विवाह गरे पछि केटा र केटी पक्षबीच करिब तीन/चार महिनादेखि विवाद हुँदै आउँदै मंगलवार ज्यान मार्ने सम्म स्थिति सिर्जना भएको हो।

अर्थात् मोहरम पावरियाको मौसीकी छोरीकी छोरीलाई कुशमाकै एक केटी र कुशमाकै एक केटा (धोबी) ले लिएर भागे। केटा पक्षले केटीलाई फेला पारेर जिल्ला प्रशासनलाई बुझाएका थिए। तर, केटी पुनः भागेर उक्त केटाकहाँ पुगे, जो अहिले कहा बस्छन पत्ता लगाउन सकेका छैनन् ।

यसैबीच, सोही घरकी बुहारीकी छोरी पनि धोबी समुदायकै एक जनासँग भागिन्। पहिले भागेका केटाका बाबुलाई कुटपिट गरी अस्पताल पुर्‍याइयो। त्यसपछि सोही केटाका दाजुलाई मंगलवार कुटपिट पछि मरेको अवस्थामा फालिएको पाइयो।

यस घटनालाई लिएर गाउँका मानिसहरू विरोध गर्न बेलाशपुर जान लागेका थिए। तर, त्यही क्रममा मोहरम पावरियाले आफ्नो घरको छतमा इँटा–ढुंगा जम्मा गरिरहेको देखियो। प्रहरीको गाडी पनि त्यहीँ थियो, तर प्रहरीले उनलाई रोक्ने प्रयास गरेन।

गाउँलेहरू पुगेपछि मोहरम पावरियाले छतबाट इँटा–ढुंगा प्रहार गर्न थाले। गाउँलेहरूले पनि तलबाट जवाफी कारबाही गर्ने प्रयास गरे, तर माथिसम्म पुग्न सकेनन्।

जब मोहरम पावरियासँग रहेका इँटा–ढुंगा सकिए, तब गाउँलेहरू माथि पुग्ने प्रयास गर्न थाले। तर, प्रहरी हस्तक्षेपका कारण उनीहरू माथि पुग्न सकेनन्। त्यहाँको तनाव बढ्दै गएपछि, मोहरमको छोरा सोबरतीले एक मिनि ट्रक चलाएर गाउँलेहरूलाई किच्न खोज्यो। त्यसै क्रममा उक्त केटाको दाईको ज्यान गयो र हाल ३ जना अस्पताल भर्ना छन्।

यस घटनापछि गाउँलेहरू आक्रोशित भई कबाडमा आगो लगाए। प्रहरीले मोहरमलाई जोगाउने प्रयास गर्दा गाउँलेहरूले प्रहरीको गाडीमा आगो लगाए। स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस र ५ राउण्ड हवाई गोली  प्रहार गर्‍यो र केही युवाहरूलाई पक्राउ गर्‍यो। यस घटनामा विजय धोबीको ज्यान गयो भने अरू केही व्यक्ति घाइते भएका छन्। यसरी घटना घटेको हो।

घटना हुँदा सीडीओ विहीन थियो नवलपरासी जिल्ला
४ फागुनमा खोटाङको हलेसी बजारमा आगलागी हुँदा खोटाङ प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन थियो । सीडीओ नहुँदा आगो नियन्त्रणमा समेत समस्या परेको थियो। खोटाङकै जस्तो घटना हिजो मंगलबार नवलपरासी पश्चिममा पनि दोहोरियो ।

मंगलबार बिहानबाटै दुई पक्षबीच झडप भएर एक जनाको ज्यान जाँदा नवलपरासी पश्चिम सीडीओविहीन थियो । गृहमन्त्री स्तरीय निर्णयबाट ९ फागुनमा दुई सीडीओको सरुवा गरिएको थियो । जसमा नवलपरासी पश्चिमका सीडीओ स्किम श्रेष्ठलाई मकवानपुर सरुवा गरियो ।

रौतहटका सीडीओ हिरालाल रेग्मीलाई नवलपरासी पश्चिम सरुवा गरिएको थियो । सोमबार साँझ मात्रै नवलपरासी पश्चिमबाट स्किम श्रेष्ठ बिदा भएकी थिइन् । नयाँ सीडीओ रेग्मी हाजिर भइसकेका थिएनन् । तर मंगलबार बिहानैदेखि नवलपरासी पश्चिम तनावग्रस्त बन्यो । घटनामा एक जनाको मृत्यु र दर्जनौं घाइते भए ।

स्थिति तनावग्रस्त बनेपछि मंगलबार राति नै सीडीओ रेग्मी नवलपरासी पश्चिममा हाजिर भएका थिए । घटना भएको जानकारी पाउना साथ बिदा क्यान्सिल गरेर हाजिर भएको रेग्मीले बताए ।

प्रहरी प्रशासन संग प्रदर्शनकारीको के के भए सहमति ;  आगामी बाटो के ?
प्रमुख जिल्ला अधिकारीको आश्वासनमा केटा पक्षले मृतकको सव बुझेको छ। विभिन्न समाजिक सञ्जाल तथा मीडियामा आए जस्तो दुवै पक्ष संग कुनै सहमति गरिएको छैन।

विहिवार जिल्ला प्रशासन कार्यालयमा प्रहरी प्रशासन र प्रदर्शनकारी भनिने केटा पक्ष पहिलो जाहरीमा उल्लेख भए बमोजिम गाडीबाट कीचि ज्यान मार्नेलाई कानुन बमोजिम कडा भन्दा कडा सजाय दिलाउने, दोश्रो पीडित परिवारलाई हालको लागि यथाशीघ्र राहतको व्यवस्था र आगामी राहतको लागि स्थानिय, प्रदेश र संघीय सरकार संग पहल गर्ने, तेस्रो प्रहरीको गाडीमा आगो लगाउने आरोपमा प्रहरीले अनुसन्धान गर्न हिरासतमा राखेको ४ जना व्यक्ति मध्य २ जना निर्दोष व्यक्ति भएकोले छोड्ने र बाकी २ जनालाई अनुसन्धान गरी कानुन बमोजिम छोड्ने र बाकी दोषीको खोज अनुसन्धान गर्ने, चौथौ लासको दाह संस्कार यथाशीघ्र गर्ने र अन्तिम शान्ति कायम राख्न सबै प्रमुख भूमिका निर्वाह गर्ने जिल्ला प्रशासन संग राजनीतिक सहमति भएको छ।

हाल दुई पक्ष बीच विवाद हुँदा गाडीले किचेर गम्भीर घाइते भएका केटाका दाजु भनिएका ३५ वर्षीय विजय धवलको शव पोस्टमार्टम गरी परिवारलाई बुझाइएको र  विहिवार दाह संस्कार भई सकेको छ । हाल पनि प्रहरी प्रशासनले जनताको सुरक्षाको निमित्त आफ्नो गम्भीर कदम न चाले आगामी दिनमा यस भन्दा ठूलो दुर्घटना हुन सक्ने सजिलै अनुमान गर्न सकिन्छ।

लेखकको बारेमा