चार किलो गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार किलो प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन्।
बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति साढे ११ बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद तीन लाख छ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।

लागुऔषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको छ। घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा बरामद भएको प्रहरीले जनाएको छ।

झापामा लागुऔषध कारोबार गरेको अभियोगमा शनिबार एकैदिन पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर–६ का ४१ वर्षीय रुपेश पाख्रिन र ३२ वर्षीय डिकबहादुर मगर, इलामको माङसेबुङ–४ का २४ वर्षीय रोदन लिम्बू र दमक–६ का २० वर्षीय नवीन ठटाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आरोपी नवीन र रोदनलाई प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित प्रहरीले दमकबाट नियन्त्रणमा लिएको थियो भने रुपेश र डिकबहादुरलाई मेचीनगरको काँकडभिट्टाबाट पक्राउ गरेको सूचना अधिकारी चन्दले बताए।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड