जलमाेनाकाे बार्षिकाेत्सव र पुरस्कार वितरण सम्पन्न
कपिलवस्तु , फल्गुण ८ । जिल्लाकाे कृष्णनगरकाे पुरानाे निजि विद्यालय जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
विल्यालयका पुर्व विद्यार्थी एवम् कांग्रेसका नेता संविधानसभा सदस्य अभिषेक प्रताप शाहकाे प्रमख आतिथ्यतामा जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न विद्यामा आफ्ना क्षमता प्रदर्शन गरेका थिए भने अतिरिक्त क्रियाकलापमा प्रथम द्वितीय तृतिय स्थान पाउने खेलाडीहरुलाई उपस्थित अतिथिहरुले पुरस्कार वितरण गरिएकाे प्रधानाध्यापक जीवन तमांगले जानकारी दिनुभएकाे छ ।

कार्यक्रममा मार्च पास , ड्रिल, नृत्य , नाटक, माेडेल साे लगायतका विषयमा विद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै अतिरिक्त क्रियाकलापमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिएकाे विद्यालय प्रबन्धक फिलिप मसिहले बताउनुभयाे ।
नगर कै पुरानाे निजि विद्यालय रहेकाे जलमाेनामा अध्ययन , अनुशासन र अतिरिक्त क्रियाकलापसमेत उत्कृष्ट रहेकाले नै आफू अध्ययन गरेकाे विद्यालयमा अहिले तीन जना छाेरी पनि अध्ययन गरिरहेकाे पुर्व सांसद तथा संविधानसभा सदस्य शाहकाे भनाई थियाे ।

कार्यक्रममा युवा नेता राशिद मिर्जा , अकरम पठान , श्याम मिश्र , लगायत अभिभावक तथा जनप्रतिनिधिको बाक्लाे उपस्थिति भने कार्यक्रमकाे संचालन शिक्षक छाेडेन लेप्चाले गर्नुभएकाे थियाे ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड