जलमाेनाकाे बार्षिकाेत्सव र पुरस्कार वितरण सम्पन्न

कपिलवस्तु , फल्गुण ८ । जिल्लाकाे कृष्णनगरकाे पुरानाे निजि विद्यालय जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
विल्यालयका पुर्व विद्यार्थी एवम् कांग्रेसका नेता संविधानसभा सदस्य अभिषेक प्रताप शाहकाे प्रमख आतिथ्यतामा जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न विद्यामा आफ्ना क्षमता प्रदर्शन गरेका थिए भने अतिरिक्त क्रियाकलापमा प्रथम द्वितीय तृतिय स्थान पाउने खेलाडीहरुलाई उपस्थित अतिथिहरुले पुरस्कार वितरण गरिएकाे प्रधानाध्यापक जीवन तमांगले जानकारी दिनुभएकाे छ ।

कार्यक्रममा मार्च पास , ड्रिल, नृत्य , नाटक, माेडेल साे लगायतका विषयमा विद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै अतिरिक्त क्रियाकलापमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिएकाे विद्यालय प्रबन्धक फिलिप मसिहले बताउनुभयाे ।
नगर कै पुरानाे निजि विद्यालय रहेकाे जलमाेनामा अध्ययन , अनुशासन र अतिरिक्त क्रियाकलापसमेत उत्कृष्ट रहेकाले नै आफू अध्ययन गरेकाे विद्यालयमा अहिले तीन जना छाेरी पनि अध्ययन गरिरहेकाे पुर्व सांसद तथा संविधानसभा सदस्य शाहकाे भनाई थियाे ।

कार्यक्रममा युवा नेता राशिद मिर्जा , अकरम पठान , श्याम मिश्र , लगायत अभिभावक तथा जनप्रतिनिधिको बाक्लाे उपस्थिति भने कार्यक्रमकाे संचालन शिक्षक छाेडेन लेप्चाले गर्नुभएकाे थियाे ।







भर्खरै
-
लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त
-
जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन
-
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
-
बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
-
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु
-
इलाका प्रहरी कार्यालय लुम्बिनी सक्रिय