एडरोबोटिक्स एजुकेसन एण्ड रिसर्च सेन्टरद्वारा बीरगञ्जमा खुला विद्यालय परियोजना प्रदर्शनी प्रतियोगिता सम्पन्न

बिरगंज
सखुवा पर्सौनी गाउँपालिका अध्यक्ष जसबन्त यादवको प्रमुख आतिथिय तथा एडरोबोटिक्स एजुकेसन एण्ड रिसर्च सेन्टरका डाइरेक्टर अमित कुमार पटेलको अध्यक्षतामा वीरगञ्ज महानगरपालिका भित्र रहेका प्राइभेट तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूले विज्ञान प्रविधि इन्जिनियरिङ म्याथमेटिक्स विषयको अध्ययनबाट सिकेका ज्ञान र आफूभित्र रहेका सीप कला कौशललाई उच्चतम प्रयोग गरी आफ्नो प्रतिभा लाई प्रोजेक्टको माध्यमले निर्माण गरी यस प्रदर्शनी कार्यक्रममा प्रस्तुत गरेको हो।

कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरले आफूले निर्माण गरेको प्रोजेक्ट प्रस्तुत गरेको छ।


यस खुल्ला प्रदर्शनी कार्यक्रममा साउथ जोन सेकेन्डरी स्कुलले प्रथम सगरमाथा एकेडेमी ले द्वितीय भने डीएभीआरबी केडिया स्कुल र अल्पाइन स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यालयहरूलाई क्रमश २५ हजार १० हजार र ५००० गरी पुरस्कार प्रदान गरेको हो। प्रदर्शनीमा विद्यार्थीहरूलाई प्रोजेक्ट त्यसको महत्त्व उपयोगिता फाईदा र प्रसुतिकरणको आधारमा मुल्यांकन गरिएको थियो।

कार्यक्रममा श्री नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालय सुखचैना र सागरमाथा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेकोथियो। संस्थाका अर्गनाइजर सिद्धार्थ कुमार पटेलले जानकारी गराएको छ।






भर्खरै
-
लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त
-
जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन
-
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
-
बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
-
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु
-
इलाका प्रहरी कार्यालय लुम्बिनी सक्रिय