लाखौंको गहना लिएर नवविवाहित बेहुली आफ्नो प्रेमीसँग फरार
भारत/एजेन्सी समाचार।
भारतको उत्तर प्रदेश प्रान्तको महाराजगन्ज जिल्लाको रामपुर बलदिहा प्रहरी चौकी क्षेत्रमा दुई दिनअघि आफ्नो ससुरा घर आएकी दुलही आफ्ना एक साथीसँग ननदको गहना लिएर भागेकी थिइन्। श्रीमानले घटनामा सासु-ससुराको संलग्नता रहेको आरोप लगाउँदै प्रहरी चौकीमा उजुरी दर्ता गराएर कारबाहीको माग गरेका छन्। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।

प्रहरी चौकी क्षेत्रको रामपुर बलदिहा निवासी एक युवकको विवाह कोठीबार प्रहरी चौकी क्षेत्रको हरपुर पाक्री उर्फ घिभा निवासी एक युवतीसँग फेब्रुअरी ७ मा भएको थियो। उनी फेब्रुअरी १० मा आफ्नो ससुरालको घरमा आइन्। घरमा भीडभाड भएकोले, उनकी ननदले आफ्नो गहना उनकै कोठामा राखेकी थिइन्।

अर्कोतर्फ, श्रीमानले विवाहको समयमा आफ्नी श्रीमतीलाई ३ लाख ५० हजार भारतीय रुपैयाँ बराबरको गहना दिएको र करिब २ लाख ५० हजार भारतीय रुपैयाँ बराबरको गहना उनकी बहिनीको भएको बताएका छन्। फेब्रुअरी ११ मा राति ८ बजे घर र आफन्तका लागि खानाको व्यवस्था गर्न सबैजना व्यस्त हुँदा उनी सबै गरगहना लिएर भागेको आरोप छ।
रातभरि वरपरको क्षेत्रमा खोजी गरियो तर केही भेटिएन। उनी आफ्ना आमाबाबुको घरमा पनि भेटिएनन्। उनले केटीका आमाबाबु र भाइले अब उनीसँग कुनै सम्बन्ध नभएको बताएको बताए। उनले भने ससुरा पक्षले फेरि न आउनु भने पछि झन् संका भएकोले यस मामिलामा ती व्यक्तिहरूको संलग्नताको शंका व्यक्त गरेका छन्।प्रहरी चौकीका प्रमुख कुँवर गौरव सिंहले उजुरी प्राप्त भए सँगै मुद्दाको अनुसन्धान भइरहेको छ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड