नवलपरासीबाट सुरु भयो स्मार्ट कार्ड वितरण

ज्ञानेश्वर साहनी/ नवलपरासी / फागुन ०६
यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीबाट पहिलो पटक सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड वितरण काम आज बाट शुभारम्भ भएको छ।

२०७८ सालमा स्थापना गरेको यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका र नवीकरण गरेका झन््डै १३ हजार सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएको छन्।


यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीका कार्यालय प्रमुख श्यामलाल न्यौपानेले सवारी अनुमतिपत्र स्मार्ट कार्ड प्राप्त गर्नुहुने १३ हजार जना मध्ये खतरा न्युजका संवाददाता सिकेन्द्र सहानी , साहनी डिजिटल आर्ट का म्यानेजर अनिल बिक , राष्ट्रिय सञ्चार समिति नवलपरासीका संवाददाता रामकरण हरिजन , पत्रकार महासंघका अध्यक्ष केशव पराजुली समाजसेवी ज्ञानेश्वर गौडलाई स्मार्ट कार्ड वितरण गर्नुभयो ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख श्यामलाल न्यौपानेले स्मार्ट कार्ड वितरण अभियानलाई निरन्तरता दिने र नयाँ सेवाग्राहीका लागि सवारी अनुमतिपत्र दुई महीनाभित्रै वितरण गर्ने कार्यलाई सहज पार्न प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो ।

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका दैनिकजसो कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख न्यौपानेले बताउनुभयो । उनले भने, “कार्ड प्रक्रियामा रहेका झण्डै सयौँ जना दैनिक मेरो कार्ड बन्यो कि बनेन भनेर सोध्न आइपुग्नुहुन्छ ।”परीक्षामा उत्तीर्ण झण्डै ५३५७ , नवीकरणका लागि झण्डै ७२६१ , वर्ग थप (A,K) र प्रतिलिपि ३ गरेर झण्डै १२९७१ जना सेवाग्राही दैनिक आउने गरेका छन् ।
नवलपरासीमा चारपाङ्ग्रे सवारी चालक अनुमती पत्र सुरु भएपछि यहाँका बासिन्दालाई सवारी चालक अनुमति(पत्र प्राप्त गर्नका लागि बुटवल धाउनुपर्ने बाध्यता हटेको स्थानीयहरूले बताउने गरेका छन् ।
चारपाङ्ग्रे सवारी साधन वर्ग B (कार जीप डिलेभरी भ्यान) वर्ग C ( टेम्पो , अटो-रेक्सा) वर्ग C1(ई- रेक्सा ) र वर्ग E (ट्याक्टर ) को अनुमतिपत्र लाइसेन्सको लागि यातायात व्यवस्था सेवा कार्यालय परासीमा अनलाइन आवेदन दिने सूचना उद्योग, पर्यटन तथा यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीका कार्यालय प्रमुख श्यामलाल न्यौपाने जानकारी दिनुभएको छ।

उद्योग, पर्यटन तथा यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीका अनुसार चारपाङ्ग्रे लाइसेन्स अनलाइन आवेदन खुलाउने समेत जानकारी दिनुभएको छ।
पारदर्शी रुपमा सञ्चालन भएको सवारी चालक अनुमति पत्रले स्थानीयहरूलाई सुविधा दिएपछि सरकार र यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी प्रति जिल्लाका विभिन्न संघ संस्थाले कृतज्ञता ज्ञापन गरेका छन्। पछिल्लो समयमा यातायातबाट हुने दुर्घटना व्यवस्थापनका लागि सवारी चालकहरूले अनिवार्य रुपमा अनुमति पत्र लिएर मात्र सवारी साधन चलाउन नियम लागु भएको देखिन्छ।
सवारी साधन अनुसार ग्रेडिङ् गरी अनुमति(पत्र दिने नीति लागुभएपछि दुर्घटनाको ग्राफमा सुधार आएको जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रमुख अमृत भण्डारीले बताउनु भएको छ । अनुमति पत्र लिई सवारी चलाउन पाउने नियम लागु भएपछि मानिसहरू सचेत भएर अनिवार्यरुपमा अनुमति पत्रको लागि आवेदन भरी प्रक्रियामा आएको देखिन्छ। नवलपरासीको यातायात विभाग कार्यालयले अनुमतिपत्र वितरणका लागि प्रक्रिया अगाडि बढाएको छ।
नेपालको संविधान २०७२ ले परिकल्पना गरेको सिंहदरबारको अधिकार गाउँगाउँमा पुराउने अभियान अहिले नवलपरासी सम्म यातायात व्यवस्था विभागले पुराएको छ। यस्ता सेवा कार्यालयहरू जनतालाई सहज र सरल रुपमा सेवा लिन सक्ने स्थानमा पुराउनु पर्दछ। परासीमा सञ्चालन भएको सवारी चालक अनुमती(पत्र वितरण प्रकृया पनि जनमुखी हुनु पर्दछ। यसका लागि स्थानीय वासिन्दा तथा कर्मचारी र जनप्रतिनिधिहरूको भुमिका महत्वपुर्ण रहनेछ।






भर्खरै
-
लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त
-
जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन
-
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
-
बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
-
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु
-
इलाका प्रहरी कार्यालय लुम्बिनी सक्रिय