साक्षी कम्प्युटर इंस्टीट्यूटले ११ सालदेखि निरन्तर मर्चवार मा सेवा दिँदै
धन्नजय उपाध्याय/रुपन्देही
मर्चवार को सबभन्दा पुरानो लगातार ११ वर्षदेखी साक्षी कम्प्युटर इंस्टीट्यूट ले आफ्नो सेवा दिँदै आएको छ ।

२०७० सालमा साक्षी कम्प्युटर इंस्टीट्यूट सबभन्दा पहिलो आफ्नो प्रमुख कार्यालय कोटाहीमाई गाउँपालिका वडा नम्बर ७ परसाहवा चोक स्थापना गरेको थियो ।

सोही कार्यालयलाई अहिले सम्मरीमाई गाउँपालिका वडा नं ४ जिगिना मा सारेको छ । साक्षी कम्प्युटर इंस्टीट्यूट ले आफ्नो स्थापना कालदेखि अहिलेसम्म लगभग १२०० विद्यार्थीहरूलाई कम्प्युटर शिक्षामा दक्ष बनाएको इंस्टीट्यूट को प्रबन्ध निर्देशक सुजित कुमार त्रिपाठीले बताए ।
उनको अनुसार साक्षी कम्प्युटर इंस्टीट्यूट ले मर्चवारको आर्थिक अवस्था हेरेर यहाँका गरिब छात्र छात्रा हरुको लागि विशेष छुटको व्यवस्थ गरेको छ । यो संस्थाले शारीरिक विकलाङ्ग हरूको लागि निःशुल्क तालिम दिँदै आएको त्रिपाठीले बताए ।
उनले भने हाम्रो यो संस्थाको प्रमुख उद्देश्य मर्चवार क्षेत्र को विद्यार्थीहरूलाई कम्प्युटर क्षेत्रमा दक्ष बनाउने हो । वर्तमानको अवस्था प्रविधि बाट लैस भई तीव्र गतिमा अगाडि बढिरहेको छ यदि कसैलाई प्राविधिक ज्ञान भएन भने उसलाई आफ्नो जीवनयापन गर्ने धेरै नै गाह्रो हुन्छ त्यसैले त्यस्ता सम्पूर्ण युवाहरूलाई मानसिक तौरमा मजबुत गर्ने र प्राविधिक क्षेत्रमा अगाडि बढाउने सुजित त्रिपाठीले बताए ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड